Logo

Student Corner

बिदाका दिन घुम्न जाँदाकाे अनुभव (संवाद)

Written by: Suprabh Acharya - 2026004, Grade VI

Posted on: 10 August, 2020

( २०७६ चैत्र ३० गते सुप्रभ र उसका साथीहरू जाउलाखेलकाे चिडियाखाना धुम्न गएका छन् । त्यस समयमा उनीहरूका  बिचमा कुराकानी हुन्छ ।)

सुप्रभः साथी हाे, तिमीहरूलाई याे साझा बस चढेर चिडियाखाना आँउदा  कस्ताे लागेकाे छ हँ ? 

आशिषः मलाई त सारै रमाइलाे लागेकाे छ । सधैँ हामी बुबा आमासँग आफ्नाे व्यक्तिगत साधनमा हिड्ने गरेकाे । आज त साथी साथी सार्वजनिक यातायातमा चढ्न पाउँदा सारै आनन्द लागेकाे छ । 

अनुजः अँ मलाई पनि सारै रमाइलाे लागेकाे छ । बसकाे झ्यालबाट बाहिर हेर्दा काठमाडाैँका डाँडाहरू कत्ति राम्रा देखिएका नि । 

निमनः त्यही त, सार्वजनिक यातायातमा चडेर सबैसँग यात्रा गर्दाकाे मज्जा नै बेग्लै आएकाे छ मलाई पनि । 

सुप्रभः लु सबै साथीहरू रमाइलाे मानेकाे देखेर आजकाे याे चिडियाखाना घुम्ने याेजना बनाएकाे पनि राम्रै गरिएछ जस्ताे पाे लाग्याे त मलाई पनि । 

निकेशः साथीहरू,  त्याे पर देखिएकाे चन्दागिरि डाँडा हैन ? आहा ! कस्ताे राम्राे देखिएकाे ? हाम्राे देश पनि सारै राम्राे छ है । (सबैले त्याे डाँडातिर हेर्छन् ।)

सुप्रभः त्यही त कति राम्राे छ नि, हरियाली डाँडा, जङ्गल, खाेला, नदी, ताल, समथर जमिन सबै छन् नि हाम्राे देशमा  तर के गर्नु सबै  युवाहरू देशमा नबस्ने कुरा गर्छन् । यस्ताे देशमा बसेर के गर्नु भनेकाे सुन्छु । 

आशिषः ए लु लु एकान्तकुना नि आए जस्ताे छ, अब झर्ने हैन त साथी हाे ? 

सबैजनाः  झराैँ झराैँ ।

निकेशः  मेराे त चिडियाखाना घुमाइ त चाैँथाे पटक हाे नि साथीहरू । तिमीहरू पनि याेभन्दा अगाडि आएका थियाै कि ? 

निमनः अँ, म पनि याेभन्दा अगाडि आएकाे थिएँ । मलाई सबैभन्दा रमाइलाे चै तलाउमा डुङ्गा चढ्दा भएकाे थियाे । हात्ती नि चढ्न पाइन्छ नि, थाहा छ तिमीहरूलाई ? 

अनुजः मेराे त पहिलाे पटक हाे । लु टिकट काट्ने ठाँउमा पनि आइपुगिएछ । लु सबैले विद्यार्थी परिचय पत्र ल्याओ त । छुट हुने रहेछ टिकटमा । (सबैले टिकट काट्छन् र भित्र पस्छन् ।)

सुप्रभः हेर त साथी हाे त्याे रेल हैन ? अरू देशमा यातायातकाे साधनमा रेल चढ्ने हाेलान् । हाम्राेमा भने चिडियाखानामा राखेकाे रहेछ । के गर्नु लाैन हामीमध्ये कसैले ठुलाे भएर रेल मार्ग बनाऔँ न हुन्न । 

निमनः हुन्छ नि तर के गर्नु यसका लागि सरकारले निर्णय गर्नुपर्छ रे मेराे बुबाले भनेकाे । 

अनुजः त्यही त, केही गर्नु भन्याे भने सरकार कै निर्णय र मुख ताक्नु पर्ने भएर हाम्राे देशमा विकास नभएकाे रे । मेराे नि बुबाले भनेकाे । 

निकेशः हेर न साथी हाे, पहिले याे चिडियाखाना आउँदा पनि त्यही एउटा हात्ती थियाे, अझै त्यत्ति छ । पहिले आउँदा र अहिले आउँदा केही फरक छैन । बरू झन् जनावर घटेकाे पाे देखेँ मैले  तर प्रवेश गर्ने टिकटकाे दर भने बढेकाे पाएँ है मैले । 

आशिषः त्यही त है । यस्ता कुरा अब हामी जस्ताले नि चासाे राख्ने गर्नु पर्छ है साथी हाे । हामीले तिरेका पैसा कहाँ जान्छन्, कहाँ खर्च हुन्छन् भनेर त्यति मात्र हैन अहिले त हाम्रा नजिकै वडा कार्यालयहरू छन् । नगरपालिकाकाे कार्यालय पनि छ । तिनीहरूले बार्षिक याेजना बनाउँछन् रे हरेक बर्ष । अनि त्यसैकाे आधारमा वर्षभरि हाम्राे पालिकामा विकासका काम, सामाजिक कार्य पनि के गर्ने के नगर्ने भन्ने हुन्छ रे । 

सुप्रभः हाे त आशिषले भनेकाे कुरा मेराे आमाले पनि मलाई भन्नु भएकाे थियाे । त्यहाँ त  कार्यपालिका, न्यायपालिका भन्ने पनि हुन्छ रे । अनि अहिले सबै स्थानीय तहले आफ्नाे पालिकाकाे  विकासका याेजना तथा कार्यक्रम आफै बनाउँछन् रे । अब आउने वैशाखदेखि जेष्ठमा याेजना बनाउने बैठक नि बस्छ रे । त्याे बेला हामी पनि गएर हामी वालबालिकाका लागि आवश्यक कुरा मागाैँ है साथी हाे । 

अनुजः आहा ! सुप्रभले कस्ताे राम्राे कुरा गर्‍याे । चिडियाखानामा घुम्न आएकाे माैकामा यस्ता कुरा नि थाहा भयाे । याे चिडियाखानाकाे विकासका कुरा नि गराैँला नि है । 

निमनः ए, गफै गफमा चिडियाखाना नि घुमिसकिएछ । त्याे हिपाेमाेटामस चै सारै नराम्राे लाग्याे है मलाई त। बाघ नि हेर्न पाइएन । सुतेकाे बेला परेछ है । 

निकेशः त्यही त, लु अब जाऔँ बाहिर ठेलामा राखेकाे मः मः खाएर गाडी चढाैँला । हुन्न ? 

(सबैजना हुन्छ भन्दै बाहिर निस्कने ढाेकातिर लाग्छन्, खाजा खाएर गाडी चढेर आ-आफ्ना घर जान्छन् )।