Logo

Student Corner

फेरिएकाे गाउँ

Written by: Pratik Dangol - 27009, Grade IX

Posted on: 05 June, 2023

एकादेशमा नेपाल देशमा एउटा सानो पशुपति नामकाे गाउँँ थियो । त्यो गाउँका मानिसहरूले आउने सबै पर्यटकलाई राम्ररी स्वागत सत्कार गर्दथे । उचित सेवा सुविधा दिन्थे । त्यस गाउँमा धेरै शान्ति थियो र प्राकृतिक उपहारले पनि धनी थियो ।  

 

त्यही गाउँमा समा नामकी युवती आफ्नो बुबा र आमासँग बस्थिन् । उनको सपना भनेको भविष्यमा डाक्टर बन्नु थियो । उनी सानैदेखि राम्रो पढ्थिन् । पशुपति गाउँमा एउटा सानो विद्यालया थियो । विद्यालायमा राम्रा शिक्षक नहुनाले त्यहा पढ्नु र नपढ्नु उस्तै थियो । उसलाई थाहा थियो कि त्यस विद्यालयमा पढेर डाक्टर बन्नु असम्भव हो । तर ऊसँग अरू  विकल्प पनि थिएन । टाढा टाढासम्म पनि त्यहाँ कुनै अरू विद्यालय थिएनन् ।

 

एक दिन ऊ आफ्ना आमाबुबासँग १ घन्टा हिँडेर आफन्तको घर जान्छे। ऊ त्यहाँको गाउँ घुम्दा उसले टाढा एउटा पुस्तकालय देखी । त्यो पुस्तकालय देखेर समाको मनमा केही आशा उत्पन्न भयो । शनिबार पनि पुस्तकालय खुल्दाे रहेछ । त्यसपछि हरेक शनिबार छुट्टिको दिन ऊ पुस्तकालय गएर पुस्तकहरू पढ्न थाली । उसले एक हप्ताभित्र एउटा किताब पढिसक्थी । यसरी उसको पढाइ राम्रो हुन थाल्यो तर अझै डिग्रीको लागि समस्या थियो । गरिब परिवार हुनाले बाहिर गएर पढ्न पनि असम्भव थियाे ।

 

त्यसै बीचमा एक दिन गाउँमा एउटा संस्था आयो । त्यस संस्थाको मुख्य काम भनेको आधारभूत तहसम्म सबैलाई शिक्षा दिनु वा साक्षर बनाउनु थियाे । त्यस संस्थाले गाउँलेहरूसँग मिली काम गर्न थाल्यो । गाउँका जनप्रतिनिधिले त्यस संस्थालाई सहयाेग गर्न थाले । गाउँका केही पढेलेखेका विद्यार्थीले पनि त्यस कार्यक्रमलाई सघाउन थाले । त्यस संस्थाका स्वयंसेवकहरूले पढाउँदै गर्दा सामालाई अरू विद्यार्थीलाई अरूभन्दा भिन्न पाए। उनीहरूले सोधेका प्रश्नको उत्तर समाले सजिलै दिन्थी । त्यो देखेर उनीहरूले समाबारे साेधखाेज गरे । उसले पनि आफ्नाे लक्ष्य सुनाई । त्यसपश्चात् त्यो संस्थाले उसको पढाइ खर्च जुटाइदिने वाचा गर्यो ।

 

अब समाकाे दैनिकी फेरिन थाल्याे । उसले सहरको विद्यालयमा पढ्न थाली र हरेक पटक प्रथम हुन थाली । त्यसरी नै कडा परिश्रमपछि ऊ डाक्टर बनी । त्यसपछि उसको सपना पूरा भयो । उसले त्यसपछि विभिन्न संस्थाको सहायताले गाउँमा राम्रो प्राथमिक स्वास्थ्य चौकी बनाएर गाउँलेहरूलाई राम्रो सेवा दिन थाली । उसले गाउँमै बसेर आफ्नो गाउँलाई राम्राे स्वास्थ्य सुविधा दिन थाली । उनले धेरै असहाय र गरिब मानिसहरूको निःशुल्क उपाचार गरिन् । उनले गरेको योगदानले गाउँकाे रूप धेरै फेरियो । गाउँलेहरूले गाउँकाे नाम फेरिएकाे गाउँ राखे ।