Logo

Student Corner

नेपाली

Written by: Barun Kadariya - 29053, Grade VII

Posted on: 05 June, 2023

रमाइलाे वातावारण मन हुने शान्त
नेपालीको त्यही आवाज बन्छ देश पूर्ण

 

हिमाल पहाड तराई छन् सुन्दरताका प्रतीक
हावापानी त्यस्तै राम्रो सुन्दर छ यो देश
नदीनाला लेकैबेसी एकैनास राम्रो
नेपालीको त्यही आवाज बन्छ देश पूर्ण

 

जातजाति विविध छन् सस्कृति छ फरक
जे भएनी एकै हामी फरक चाहिँ हैन
बुद्ध जन्मिए यही धर्तीमा शान्त छ यो माटो
नेपालीको त्यही आवाज बन्छ देश पूर्ण

 

तराईको खेतीपाती सान हाे अग्लाे हिमाल
सबै कुरा राम्रो छ यहाँ केहीको छैन डर
पहाडको हरियाली त्यति नै छ ठिक्क
नेपालीको त्यही आवाज बन्छ देश पूर्ण

 

भारत चीनको बिचको देश सगरमाथा चिन्छ 
जति जे छ त्यत्ति राम्रो रमाइलो यो देश 
कृषि नै हो पहिलो भेष नेपालीको देश 
नेपालीको त्यही आवाज बन्छ देश पूर्ण