Logo

Student Corner

प्रकृति र नेपाल

Written by: Luniva Shrestha - 28006, Grade VIII

Posted on: 02 June, 2023

प्रकृतिमा हरियाली चारैतिर देखिन्छन्
जब बादलहरूले पहाडलाई छेक्दछन्
पहाडमा जब मान्छे पुगेपछि रमाउँछन्
त्यहाँकाे सुन्दर दृश्यले मान्छेको मन छुन्छन् ।।१।।

प्रकृतिले बनाएको छ हाम्रो देश सुन्दर
त्यही प्रकृतिले गर्दा देश हाम्रो अपार 
प्रकृति हरियाली भए पनि छ अति सुन्दर
त्यसले मान्छे भुल्दछन् हरियाली वरपर ।।२।।

त्यहाँ हामीलाई घम्न लाग्छ सुन्दर र प्यारो
यही हो हाम्रो देश नेपाल सुन्दर र अति प्यारो
जीवजन्तुले मिठाे गीत भर्ने नाच्दछन् रुखहरू
पशपुन्छीहरूपनि नेपालमै भेटिन्छन्।।३।।

पहाडमा पगेपछि लाग्छ मलाई स्वर्ग
नराम्रो व्यक्तिको लागि यो हो नेपाल नर्क
प्रकृति छन् रङ्गीचङ्गी फूलहरूले गरी
त्यसलै फैलिएको छ सुन्दरता विश्वभरि ।।४।।

प्रकृतिको नाममा धेरै रचिएको छ कविता
महाकवि थिए हाम्रो लक्ष्मी प्रसाद देवकोटा
याे देशमा अरू महान कविहरू पनि छन्
तिनका रचनाले थप सुशाेभित नेपाल बनाएका छन् ।।५।।