Logo

Student Corner

भ्रमण

Written by: Aaryan Regmi - 30037, Grade VI

Posted on: 02 June, 2023

कक्षा ५ काे परीक्षा सकिएपछि म मेराे परिवारसँग भारतकाे भ्रमणमा गएकाे थिएँ । २०७९ /१२/२३ गते काठमाडाैँकाे चुच्चेपाटीदेखि हामी भ्रमणका लागि निस्कियाैँ । हामी इन्द्रेणी नाम गरेकाे हायस चढेर झापातिर लाग्याैँ । करिब १०,१२ घण्टाको  यात्रा गरेपछि हामी झापाकाे लक्ष्मीपुर भन्ने ठाउँमा पुग्याैँ । त्यहाँ दुई दिनसम्म हामी आफन्तको घरमा बस्यौँ। दुई दिनपछि हामी फेरि  भारतको आसाम जानको लागि यात्रा सुरु गर्‍यौँ । हामी लक्ष्मीपुरबाट अटोमा काँकडभिट्टाको लागि निस्कियौं । काँकडभिट्टादेखि एउटा गाडी चढेर हामी सिलगुडी भन्ने ठाउँमा पुग्याैँ ।सिलगुडीबाट ट्रेन चढेको पाँच  घण्टापछि हामी रङ्गिया भन्ने ठाउँमा पुग्याैँ। त्यसपछि हामी ट्रेनबाट उत्रियौँ ।त्यहाँ हाम्रो आफन्तहरू हुनुहुन्थ्यो ।उहाँहरुले हामीलाई घर लैजानुभयो ।भारतको आसाम भन्ने ठाउँमा हाम्रा आफन्तको घर थियो। आसाम गएको भोलिपल्ट  हामी नगाउँ भन्ने ठाउँमा रहेको १२६ फिट ठुलो शिवलिङ्ग हेर्न गयौँ । हामीले शिव भगवानलाई ढोगेर फर्कियौं ।त्यसपछि हामी ९४ फिट ठुलो शिव मूर्ति हेर्न गयौँ ।त्यहाँ हामीले शिव भगवान्काे पूजा गरेर गाडीमा बस्यौं । गाडीमा सर्प आएको रहेछ। हामीदेखि शिव भगवान् खुशी हुनु भएछ भन्ने हामीलाई लाग्यो । केहीदिन भारतका रमाइला ठाउँहरू घुमेपछि  हाम्रो नेपाल फर्किने समय आयो । बगाइ गाउँ भन्ने ठाउँबाट हामीले ट्रेन चढ्यौँ ।करिब २,३ घण्टापछि हामी फेरि सिलगुडी भन्ने ठाउँमा आइपुग्यौं। यहाँ हामी ट्रेनबाट उत्रियौँ । त्यहाँबाट हामी काँकडभिट्टा  फर्कियौं । काँकडभिट्टामा केही समय बिताएर अर्का आफन्तलाई भेट्न हामी बिराटनगरतिर लाग्यौं ।करिब ५ घण्टापछि हामी विराटनगर पुग्याैँ। त्यहाँ हामी दुई दिन बस्यौं ।सप्तकोशीको बाटो हुँदै हामी नेपाल फर्कियौं । काठमाडौंको कोटेश्वर  आएर हामी गाडीबाट उत्रियौँ । कोटेश्वरबाट हामी ट्याक्सीमा चढेर चुच्चेपाटी पुग्यौं। चुच्चेपाटीमा हाम्रो घर थियो । यसरी भ्रमण गर्दा हामीले धेरै ठाउँहरूको अवलोकन गर्‍यौँ । धेरै ज्ञान प्राप्त गर्‍यौँ ।लामो यात्रा गरेको हुनाले हामी धेरै थाकेका थियौं ।त्यसैले छिट्टै खाना बनाएर खायौं अनि सुत्यौं ।यसरी हाम्रो  नेपालदेखि भारतसम्मको भ्रमण निकै रमणीय बन्यो ।