Logo

Student Corner

बुद्ध जयन्ती

Written by: Sushant Pokharel - 32020, Grade IV

Posted on: 02 June, 2023

भगवान गौतम बुद्धको जन्मेको दिनको अवसरमा बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म वैशाख शुक्ल पूर्णिमाको दिनमा भएको थियो । त्यसैले  वैशाख शुक्ल पूर्णिमाको दिन बुद्धको सम्मान स्वरुप शान्तिका अग्रदुत भगवान गौतम बुद्धको सम्झनामा बुद्ध जयन्ती मनाइन्छ । यो वर्ष गत वैशाख बाइस गते २५६७ औँ बुद्ध जयन्ती मनाइयो । गौतम बुद्धको जन्म २५६७ वर्षअघि कपिलवस्तु लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाको दिन भएको थियाे । उनकी आमाको नाम मायादेवी र बुबाको नाम शुद्धोधन थियो । उनका बुबा तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए । गौतमबुद्धको वास्तविक नाम सिद्धार्थ गाैतम थियाे । उनी बौद्ध धर्मको प्रवर्द्धक थिए । बौद्ध धर्मग्रन्थ त्रिपिटक हो । राजाको परिवारमा राजकुमार भएर जन्मिएपनि गौतम बुद्धलाई किन बुढो हुन्छन् ? किन रोगी हुन्छन् ?  मानिस किन मर्छन् ? भन्ने कुराले उनलाई चिन्तित बनायो । त्यसैले उनी मानिसहरूकाे दुःखको कारण र त्यसको समाधान तथा ज्ञानको खोजीमा घर र परिवार छोडेर हिँडे । उनी भारतको बोधगया भन्ने ठाउँमा गएर कठोर तपस्यापछि उनलाई वैशाख शुक्लपक्षकाे पूर्णिमाका दिनमा नै बुद्धत्व प्राप्त गरे । त्यसपछि उनले विभिन्न उपदेश दिएर आफ्ना धेरै अनुयायीहरू बनाए । उनको शिक्षा र उपदेशले समाजमा अहिंसा र शान्तिको ज्योतिलाई धेरै ठाउँमा पुर्‍याएको छ । उनलाई शान्तिकाे अग्रदुत तथा  एसियाका तारा भनेर आजसम्म पनि चिनिन्छ ।