Logo

Student Corner

आमाबुबाको गर्व

Written by: Krishma Thapa - 27005, Grade IX

Posted on: 01 June, 2023

एक गाउँमा तीन जनाको परिवार बस्थे । उनीहरू मध्यम वर्गीय परिवार थिए । तिनीहरूको एक सन्तान छोरी थिइन् । उनी अति मेहनती थिइन् । एक दिन उनले विद्यालयमा वादविवाद प्रतियोगिता जितिन् । बुबाले वाचा गरेअनुसार उनले उनलाई रेष्टुरेन्टमा लगे ।

उनीहरू होटल पुगे । एक किसानको रूपमा उसलाई त्यो होटेलमा जान साँच्चै गाह्रो थियो। जब तिनीहरू आफ्नो सिटमा बसे, उसले आफ्नी छोरीका लागि केवल एक प्लेट मिठाई अर्डर गरे । तिनीहरूले केही बेर होटल वरिपरि हेरे। चाँडै तिनीहरूको मिठाईको थाली आइपुग्यो । वेटरले उसलाई अरू केही माग्यो तर उसले मानेन । उनकी छोरीले वादविवाद प्रतियोगिता जितेकाले उनलाई उनीप्रति गर्व थियाे । त्यसैकाे  उपहारस्वरूप उनलाई मिठाई ख्वाउन ल्याएका थिए  । बाबुले वेटरलाई आफ्नो सङ्घर्षबारे बताए ।

कसरी उनले आफ्नी छोरीलाई यो उपहारको लागि आफ्नाे कामकाे दस दिनको पैसा जम्मा गरे । पैसाको लागि जति सङ्घर्ष गरे पनि छोरीलाई खुसी देख्न चाहन्थे । छोरीले बडाे स्वादले मिठाई खाँदै गर्दा ऊ होटेल वरिपरि घुमिरह्यो । उनी मिठाईको बिलको बारेमा चिन्तित थिए । किनभने उनले महँगो बिल तिर्नुपर्ने थियाे ।  वेटरलाई नराम्रो लाग्यो किनकि उनले पहिले नै धेरै सङ्घर्ष गरिरहेका थिए र छोरीको खुसीका लागि उनले धेरै  कुरा त्याग गरेका थिए । त्यो कुरा बताउन वेटर  मालिककहाँ गयो ।  वेटर भएकोले उसलाई केही दिने अधिकार थिएन । त्यसैले उसले आफ्नो मालिकलाई सबै कुरा बतायाे । उनीसँग मिठाई आफैँ दिनुको विकल्प थिएन तर उनकाे परिवारलाई मद्दत गर्न र कम्तीमा एक पटक खुसी पार्न चाहन्थे । यो तिनीहरूका लागि व्यापारमा घाटा हुन सक्छ । तिनीहरू चाहन्थे कि बच्चाले सधैँ आफ्नो जीवनमा राम्रो काम गरोस् । केही बेर छलफल गरेपछि वेटर र होटल मालिक अनुहारमा मुस्कान लिएर फर्के । जुन कुरा बाबुका लागि एउटा ठुलाे राहत थियाे । बाबुले यताउता हेरिरहेका थिए । छोरीको अनुहारमा मुस्कान देखेर बुबा धेरै खुसी भए । मालिक उनीहरूलाई भेटेपछि ऊ सुरुमा छक्क पर्यो । तिनीहरूले छोरीलाई बधाई पनि दिए ।  किसान साँच्चै खसीले गदगद भए ।कसैले आफ्नी छोरीकाे यस्ताे राम्राे  प्रशंसा गरेकामा । उनकी छोरी उनको एक मात्र आशा थिई । तिनीहरूले उनलाई आफ्नो तर्फबाट उपहार स्वरूप  मिठाईको प्लेट दिए ।। सुरुमा उनी मिठाई लिन हिचकिचाइन् । अरूले पनि आफूप्रति गर्व गरेकोले उनी खुसी भइन् र भविष्यमा पनि आफ्नो यो महान् कार्यलाई निरन्तरता दिने कुरा सुनाइन् । आफ्ना  बुबालाई सबैभन्दा खुसी बनाउने कुरा गरिन् ।

उसले ती मिठाईहरू घरमा आफ्नी श्रीमतीको लागि प्याक गर्न चाहन्थे तर मालिकले उसलाई रोके । उनकी श्रीमतीको लागि पनि अर्काे एक प्याकेट दिए । केही समयपछि उनीहरू अनुहारमा खुसी लिएर  घर फर्के । उनीहरूले होटलमा भएको सबै कुरा घरमा गरे । उनकी श्रीमती पनि खुसी भइन् । यस्ताे मिहिनेत र सफलताका लागि तिनीहरूले आफ्नी छाेरीकाे प्रशंसा गरे ।