Logo

Student Corner

पोखरा

Written by: Shreeda Risal - 29031, Grade VII

Posted on: 01 June, 2023

नेपालको सुन्दरमध्ये यो पनि पर्छ 
यहाँको सुन्दरतालाई मेरो सलाम छ  
एक चोटी  यहाँ आएपछि फेरि नजाऊँ जस्तो 
कस्तो राम्रो ठाउँ छ यो स्वर्गजस्ताे

हिमाल र तालै ताल अति राम्रो लाग्छ 
एक चोटी हेर्‍याे भने सबै थकान मेट्छ
कति राम्रो छ यो ठाउँ अति लोभै लाग्ने
यत्ति राम्रो छ यो मनै थाम्न नसक्ने ।

जत्ति हेर्‍याे उत्ति राम्रो छैन केही कमी
यसकाे सन्दरता सबलाई लाेभ्याउने छ नि  
हिमाल र लेक बेसीले भरिएकाे ठाउँ
पोखरा हो यस्तो सुन्दर ठाउँको नाउँ 

लेक अनि तालहरूले  सुन्दर बनाउने
अझै सुन्दर होस् भनी हामीले वर माग्ने

मोती झैँ टल्किने हिमाल छ यहाँ
धेरै पर्यटक पनि घुम्न आउँछन् जहाँ 
हिमाल हास्ने ठाउँ हो यो प्याराे पाेखरा 
चारैतिर सुन्दर छ धेरै हराभरा