Logo

Student Corner

जाडो बिदा

Written by: Kashvi Satyal - 33010, Grade III

Posted on: 01 June, 2023

मेरो यसपालिको बिदा रमाइलोसँग बित्यो । पहिलो हप्तामा म मेरो परिवारसँग सिनेमा हेर्न गएँ । अर्को दिन मेरी साथीको घरमा गएर रमाइलो गरेँ । तेस्रो दिन म र मेरो दादा फनपार्कमा गयाैँ । दोस्रो हप्तामा हामी काकाको घरमा गयाैँ । त्यहाँ पुराण लगाइएको थियो । पुराणमा  गुरुहरूले भागवत गीता वाचन गर्नुभएको थियो । गीता वाचन गरेको सुन्नलाई धेरै मानिसहरू आउनुभएको थियो । मैले पनि गीता वाचन गरेको सुनेँ । पुराणमा धेरै आफन्तहरू छिमेकीहरू आउनुभएको थियो । मैले त्यहाँ दादा, दिदी र भाइसँग खेल्न पाएँ र रमाइलो गरेँ । हामी एक हप्ता त्यहीँ बसेर घर फर्कियौँ । यसरी मैले यसपालिको जाडो बिदा रमाइलोसँग बिताएँ ।