Logo

Student Corner

मेराे नेपाल

Written by: Salvia Kapali - 30026, Grade VI

Posted on: 31 May, 2023

मेराे देशकाे नाम नेपाल हाे । याे हिमाल ,पहाड र तराई मिलेर बनेर छ । म मेराे देशलाई धेरै माया गर्छु । मेराे देशमा धेरै जातजातिका मानिसहरू बस्छन् ।मेराे देश भाषा ,धर्म र संस्कृतिमा धनी छ । मेराे देश प्राकृतिक रूपमा निकै राम्राे छ । नेपालमा धेरै नदीनालाहरू छन् । यहाँ धेरै हिमालहरू छन् । विश्वकाे अग्लाे हिमाल सगरमाथा मेराे देशमा छ ।नेपालमा घुम्न लायक थुप्रै सुन्दर ठाउँहरू छन् । यहाँ घना वनजङ्गल र विभिन्न प्रकारका जडिबुटी पाइन्छ । जडिबुटीबाट औषधी बनाउन सकिन्छ । मेराे देशकाे झन्डा अरूकाे देशकाे भन्दा फरक छ । नेपालकाे झन्डामा चन्द्र र सूर्य रहेका छन् । मेराे देशमा विभिन्न प्रकारका जनावर र फूलहरू पाइन्छन् ।नेपालकाे राष्ट्रिय जनावर गाई ,राष्ट्रिय  फूल लालीगराँस र राष्ट्रिय  चरा डाँफे हाे । नेपाललाई मन्दिरै मन्दिरकाे देश पनि भनिन्छ । प्राकृतिक सुन्दरता अवलाेकन गर्न र विभिन्न मन्दिरमा पूजा गर्न भनी देश विदेशबाट पर्यटकहरू मेराे देशमा आउँछन् । यसरी मेराे नेपाल सुन्दर,शान्त र विशाल छ ।