Logo

Student Corner

फूल

Written by: Aadhyashree Poudyal - 29060, Grade VII

Posted on: 30 May, 2023

फूलको बास्ना फूलको माया फूलकै संसार हो यो     
जता हेर्‍याे त्यतै बारी फूलले भरिएको |

तराई हिमाल पहाडमा फूल भरिएको 
नेपालको सुन्दरतामा सृष्टि खाेलिएकाे
नयाँ रङ्ग नयाँ खुसी भरी हालिन् फूलले 
प्रकृति नि धेरै खुसी त्यही फूलकाे गुनले |
        
फुलले मह ल्याउँछ यहाँ फुलले सुख ल्याउँछ 
फूलै फूलकाे सुन्दरताले धर्ती चम्की रहन्छ
नयाँ प्रीति नयाँ शक्ति नयाँ प्रकृति हो 
जता हेर्‍याे त्यतै बारी फूलले भरिएको |

मेरो घर छेउमा फूल फुल्ने बगैचा छन् 
तिनै फूलका वरिपरि माैरी दङ्ग पर्छन् 
नयाँ संसार नयाँ दिशा फूलले छरिएकाे 
जता हेर्‍याे त्यतै बारी फूलले भरिएको |

फुल्दै हुन्छन् मानिस यहाँ फुल्दै  हुन्छ संसार 
याे धर्तीले लगाएका तिनै फूलका हार
फूलले गर्दा सुन्दर संसार यसै टल्किएकाे
जता हेर्‍याे त्यतै बारी फूलले भरिएको |