Logo

Student Corner

हाम्रो देश

Written by: Prisha Poudel - 33039, Grade III

Posted on: 30 May, 2023

हाम्रो देश नेपाल पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको छ । नेपाल उत्तरमा हिमाल, मध्यममा पहाड र दक्षिणमा तराई गरी  तीन तहको भौगोलिक अवस्थित देश हाे । पूर्व, दक्षिण र पश्चिमको सिमाना भारतसँग जोडिएको छ भने उत्तरको सिमाना चीनसँग जोडिएको छ । हाम्रो देशमा विभिन्न जातजाति र भाषाभाषी भएका मानिसहरूको बसोबास परापूर्वकालदेखि रहँदै आएको छ । हाम्रो देशको निर्माण र अखण्डता जोगाइराख्न हाम्रा पिता र पुर्खाहरूको ठूलो योगदान रहेको छ ।