Logo

Student Corner

समय फर्किदैन

Written by: Aayusi Shrestha - 26002, Grade X

Posted on: 26 May, 2023

समय कहिल्यै फर्किएर आएन
मैले यसलाई धेरै माया गरेँ
तर, यसले कहिल्यै मलाई धाएन
मलाई सम्झेर पनि कहिल्यै आएन ।

समयले हामीलाई बालक बनायाे, 
बालकबाटै जवान बनायाे,
जवानबाटै बुढाे बनाउँदै छ  ।
हामी बुढो हुँदैछौँ
हाम्रो क्षमता पनि हाम्रो उमेरसँगै
बुढाे हुँदै छ, हाम्राे जीवन पनि ।

समयलाई जान नदिनू त्यसै
बरू समयसँग अगाडि बढ्नू
उसकै सहारा लिनू
उसैलाई पछ्याएर हिँड्नू ।

सुन्नुस् है ! समयले मलाई जस्तै 
तपाईंलाई पनि कहिल्यै पर्खिने छैन
त्यसैले समयअनुसार अघि बढाैँ
आफ्नो समय व्यवस्थापन गर्नू
समयकै भर पर्नू ।

तपाईंले आफ्नो लागि गर्नू
कसैले कसैको लागि गरेकै छैन 
अरूकाे खल्ती भरेकै छैन
के तपाईं पनि समयजस्तै 
स्वार्थी नै बन्नुहुन्छ त ?