Logo

Student Corner

मेरो देश नेपाल

Written by: Eshanee Manandhar - 28004, Grade VIII

Posted on: 26 May, 2023

जन्मेको छु म आफ्नै राष्ट्रमा नेपाल नाम हो 
देशको विकास गर्नको लागि पढिरहेको हो 
देश त सानो, मन् चाहिँ ठुलो भएको देश हो 
खुसी र हाँसोले भरिएको सुन्दर देश हो  १

विभिन्न जातका मानिसहरू बस्छन् मिलीजुली
काम् गर्छन् सँगै एक अर्काको हातहरू समाई  
सुर्य र चन्द्र नगएसम्म बाचिरहने छौँ 
बाचुन्जेलसम्म अरूसँग नै एकता गास्नेछौँ २

काम गर्छन् मानिसहरू गाँसीदिन र रातमा 
देशको विकास गर्नका लागि जान्छन् काममा
गाह्रो भएमा नेपालीहरूले मदत् गर्दछन् 
समस्या आए समस्याको हल मिलेर खोज्दछन्  ३

थरीथरीका फूलहरू देख्छौँ, धेरै जन्तुहरू 
थरीथरीका चाडपर्व देख्छौ, धेरै मन्दिरहरू 
परम्परागत देश हो नेपाल, संस्कृति भएको 
एकता भएको देशको नाम नेपाल हो ४

देश त सानो, मन् चाहिँ ठुलो भएको देश हो 
खुसी र हाँसोले भरिएको सुन्दर देश हो
सुर्य र चन्द्र नगएसम्म बाँचिरहनेछौँ 
बाचुन्जेलसम्म अरूसंग नै एकता गास्नेछौ ५