Logo

Student Corner

नेपाल र युएई बिचको भिडन्त

Written by: Sambid Dhakal - 30028, Grade VI

Posted on: 26 May, 2023

केही हप्ता अगाडि भएको एसीसी पुरुष प्रीमियर कपमा नेपालले मलेसिया, ओमान, कतार र कुवेत लगायतका  एसियाली मुलुकहरूसँग  भिडन्त गरेपछि  शानदार जित प्राप्त गरेको थियो। दुर्भाग्यवश  बिचमा नेपाल र साउदी अरबको खेल वर्षाका कारण रद्द भएको थियो। तर पनि नेपालका राष्ट्रिय टोलीले नहडबडाइकन  खेले जसले गर्दा  अहिले नेपाल भारत र पाकिस्तान जस्ता  उच्च तहमा रहेका देशहरुसँग खेल्न गरिरहेको छ। नेपालले एसीसी सिंगापुर ट्रफी पहिला पनि जितेको थियो।  तर दुर्भाग्य  त्यतिबेला  एसियाकप नै रद्द भएको थियो। तर अब भने नेपालले  खेल्न पाउने छ। 
नेपालले युएई संग पनि शानदार जित प्राप्त गरेको छ। यस खेलमा  सोमपाल कामीले १७ रनमा १ विकेट लिएका थिए। जसमा मुहमद वासिमले ब्याटिङ गर्दा ललित राजवंशीले क्याच गरेका थिए। दोस्रो  विकेट भने  करण केसीले लक्र र तृतीय विकेट भिरित्याकाे ब्याटिङमा हात पारेका थिए। युएई पनि कम थिएन घरी छक्का घरी चौका प्रहार गरिरहेका थिए। उनको पहिलो विकेट आरिफ शेखले र दोस्रो  भने आसिफ शेखले क्याच गरेका थिए।  त्यसैगरी  ललित राजवंशीले रमिज र आसिफलाई आउट गरेका थिए। जसमा आरिफ शेख र गुल्सन झा क्याच गरेका थिए।  त्यसपछि कुशलले  मुस्ताफा र आयान खानलाई हटाइदिए जसमा सन्दिप लामिछानेले विकेट लिए। त्यसपछि गुल्सनले पनि एक विकेट लिए। र फेरि ललित राजवंशीले जाहाेर खानलाई हटाइदिए जहाँ  आरिफ शेखले क्याच गरेका थिए।  अकस्मात् पानी पर्यो र खेल रोकियो। फेरि त्यहीँ ठाउँबाट अर्को दिन  खेल सुरु भयो  जहाँ ललित राजवंशीले फेरि एउटा विकेट लिएका थिए र कुशल भुर्तेलले क्याच गर्दा जुनेद आउट भएका थिए।अब पालाे नेपालको ब्याटिङको, सुरुमा त त्यस्तो राम्रो भएन।  मुस्ताफाले कुशल भुर्तेल र रोहित पौडेललाई  आउट गरेका थिए र आयान खानले भने आसिफ शेखलाई आउट गरे। तर अरु २ खेलाडीहरू गुल्सन झा र भिम सार्की लामो समयसम्म टिक्न सकें। गुल्सन झाले दशवटा छक्का प्रहार गरे र पाँचवटा चौका  प्रहार गरे  त्यसैगरी  भिम सार्कीले चारवटा चौका प्रहार गरे। यसरी नेपालले यस खेलको फाइनलमा जितेर एसियाकप पुग्यो।