Logo

Student Corner

बुद्ध जयन्ती

Written by: Eshaan Manandhar - 32036, Grade IV

Posted on: 26 May, 2023

बुद्ध भगवान नेपालमा जन्मिनु भएको हो । बुद्ध भगवानको नाम सिद्धार्थ गौतम हो । बुद्ध भगवानको जन्म लुम्बिनीको कपिलवस्तुमा भएको थियो । उहाँको बुबाको नाम शुद्धोधन हो । उहाँ लुम्बिनीकाे कपिलवस्तु राज्यका राजा हुनुहुन्थ्यो । उहाँ एकदिन सहर घुम्न गएका बेलामा उहाँले बुढो मान्छे, राेगी मान्छे, मरेको मान्छे देखेर मान्छे किन बुढो हुन्छ ? किन मर्छ ? भन्ने प्रश्न उहाँको मनमा आयो तर त्यसको उत्तर पाउन सक्नुभएन । उहाँकाे विवाह यशोधरा सँग भयो । उहाँ एकदिन आफ्नो घर परिवार र दरबार सबै छोडेर ज्ञानको खोजीमा हिँड्नुभयाे । उहाँले बाेधी रुखमुनि तपस्या गरेर ज्ञान प्राप्त गर्नुभयो  ।