Logo

Student Corner

मेरो देश

Written by: Aadar Timalsina - 29046, Grade VII

Posted on: 25 May, 2023

स्वाभिमानी नेपालीको वास हुने देश
सयाैँ थरी भाषाभाषी भिन्न छ याे भेष।
बुद्ध जन्मे यै देशमा शान्ति सन्देश छर्न
अहिंसा र अशान्ति चाहिँ हुन्न कहिल्यै गर्न।

वीर पुरुषकाे जन्म भयाे नेपाल एक पार्न 
बिना कसुर कसैलाई हुन्न भन्थे मार्न। 
पासाङ ल्हामु  साहसी भै चढिन् सगरमाथा
इतिहासमा गोर्खालीको छुट्टै छ है गाथा।

नेपाल हो जलस्रोतको दोस्रो धनी राष्ट्र
विश्वले नै मान्छ हजुर हाम्रो धर्म शास्त्र।
कलकल बग्ने नदी अनि छहराले गर्दा 
छुट्टै मिठो आभास हुन्छ जलले सङ्गीत भर्दा ।

यै देशमा गर्व लाग्छ जसले भने पनि
मेरो लागि स्वर्ग हो यो नर्क भन्दा माथि।
आफ्नै देशको गर्व गर्नु ठुलो कुरा होइन
त्यहिी पनि विर गोर्खाली अरू जस्तो छैन।

गोर्खालीको खुकुरीले झारेका हुन्  सेखी
गोर्खालीले हराएका विश्वका विदेशी।
नेपालीलाई सोच्या होलान् सानाे देश  भनी
नेपाली आँट र साहस गाैरवशाली छ नि ।