Logo

Student Corner

रुख

Written by: Drishya Pudasaini - 31041, Grade V

Posted on: 25 May, 2023

रुख एउटा सजीव प्राणी हाे । सानाे बिरुवा पछि गएर ठुलाे रुख बन्छ । रुख भएन भने हामी बाँच्न सक्दैनाैँ । रुखले हामीलाई अक्सिजन दिन्छ । हामीले सास फेर्न पाउँछाैँ । धेरै रुख भएकाे ठाउँलाई जङ्गल भनिन्छ । जङ्गल चराचुरुङ्गी र वन्यजन्तुकाे बासस्थान हाे ।रुख नभए चराचुरुङ्गी र बन्यजन्तुकाे बासस्थान पनि समाप्त हुन्छ । रुखबाट घाँस दाउरा पनि पाइन्छ । झ्याल,ढाेका बनाउन प्रयाेग गरिने काठ पनि रुखबाट नै प्राप्त हुन्छ । धेरै रुख भएकाे ठाउँमा पानी धेरै पर्छ ।
रुखले हामीलाई बाढी पहिराेबाट बचाउँछ । रुखले वातावरणलाई सुन्दर र रमणीय बनाउँछ । हामीले रुख कहिल्यै काट्नुहुँदैन । एउटा रुख काटेमा धेरै रुख रोप्नुपर्छ । खाली ठाउँमा रुख रोप्नुपर्छ । रुख बिरुवाले वातावरणलाई हरियाली बनाउँछ । रुखले हामीलाई विभिन्न प्रकारबाट फाइदा पुर्याएको छ ।