Logo

Student Corner

हे युवा !

Written by: Suprabh Acharya - 27014, Grade IX

Posted on: 23 May, 2023

हे युवा ! अब तिमी भित्रकाे
ताताे खुन बहन थाल्नुपर्छ,
बस्तीबस्ती र गल्लीगल्लीबाट 
परिवर्तनकाे राँकाे बाल्नुपर्छ।

ती बालक, ती वृद्ध
महिला र अशक्त जनका लागि 
क्रान्तिकाे बिगुल फुक्दै 
असमानता र विभेदकाे पर्खाल ढाल्नुपर्छ।

अब तिमीले अन्याय, अत्याचार
कुरीतीकाे विरुद्धमा 
न्याय, सदाचार र समानताकाे 
कदम चाल्नुपर्छ।

यति मात्र हाेइन,  तिमी 
बेसहाराहरूकाे वैशाखी बन्दै 
गरिबका भाेकाे पेट र फाटेकाे
सपनालाई टाल्नुपर्छ।

आऊ,  तिमी आऊ !
हामीसँगै हातेमालाे गर
पुराना साेच बाेकेकाहरूकाे 
अहमता र अहङ्कारलाई अब गाल्नुपर्छ।

छाड तिमी ताक्न अरूकाे मुख
नयाँ नेपाल निर्माण गर्नु छ,
अब बेथिति र भ्रष्टचारकाे समस्यालाई
यहाँ जरैबाट फाल्नुपर्छ।