Logo

Student Corner

चन्द्रमा

Written by: Shuvee Lamichhane - 29033, Grade VII

Posted on: 23 May, 2023

रात्रि भयो सबैजना घरतिर लागे
चन्द्रमाको ज्योति हेरी सबै घर पुगे
अध्यारो आकाश भरी जुन तारा खेल्छन्
आकाशको आगनमा जुन तारा पढ्छन्।

चन्द्रमाकै प्रकाशले राति उज्यालो छ
रातभरि कल कल पानी सल सल हावा चल्छ
चन्द्रमा लागेको रात हावा पानी गाउँछन्
जुनकिरी र भ्यागुता नि सङ्गीतमा नाच्छन्।

तारा नभएको रात जुन उदास हुन्छ
त्यति बेला जुनलाई बादलले ढाक्छ
चन्द्रमाको प्रकाशले आकाश उज्यालो छ
चन्द्रमा नभएको रात अधिक अँध्यारो छ।

जुनेली रात भएमा अति रमाइलो छ
त्यही रात भरी गीत गाए रमाइलो छ
जुन तारा राति भरी आकाशमा बोल्छन्
आकाशको आँगनमा जुन तारा खेल्छन्।

माथि हेर्दा जुन तारा तल हेर्दा नदी
राति भरी कल कल पानी सल सल हावा चल्ने
अँध्यारो आकाश भरि जुन तारा खेल्छन्
आकाशको आँगनमा जुन तारा पढ्छन्।