Logo

Student Corner

मेराे रमाइलाे यात्रा

Written by: Pranav Pandey - 31016, Grade V

Posted on: 23 May, 2023

मैले जीवनमा धेरै यात्रा गरेकाे छु । मेराे रमाइलाे यात्रा भनेकाे नगरकाेट यात्रा हाे । नगरकाेट भक्तपुर जिल्लामा पर्दाे रहेछ । नगरकाेट जान म चावहिलदेखि हिँडेँ ।म नगरकाेट गाडीमा गएकाे थिएँ । मसँग दिदी,बहिनी,फुपा र फुई पनि हुनुहुन्थ्याे । भक्तपुरको भाटभटिनी पुगेपछि हामीले गाडी रोक्यौँ । हामी सबै भाटभटिनीभित्र पस्यौँ ।मैले त्यहाँ kfc पनि खाएँ ।त्यसपछि हामी नगरकोट जान गाडीमा बस्यौँ । हामीले गाडीमा वर्ण विन्यासको खेल खेल्यौँ । नगरकोट अग्लो डाँडामा रहेछ । हामी आफ्नो होटेलमा पुग्यौँ ।त्यहाँ मैले पौडी खेलेँ । पौडी खेल्दा साँझ पर्‍यो । त्यसपछि हामी खाना खान गयौँ ।त्यहाँ ११ प्रकारको खाना थियो । यति धेरै परिकारका खाना मैले पहिलो पटक देखेको थिएँ ।खाना खाएपछि हामी सुत्यौँ । बिहान उठेर घुम्न गयौँ ।नगरकोट प्राकृतिक रूपमा निकै सुन्दर रहेछ ।नगरकोटबाट धेरै हिमालहरू देखिँदा रहेछन् ।मैले नगरकोटको बारेमा किताबमा पढेको थिएँ । किताबमा पढेको कुरा आफैंले देख्न पाउँदा मैले धेरै ज्ञान प्राप्त गरेँ ।