Logo

Student Corner

दसैँ

Written by: Aarambha Pant - 33003, Grade III

Posted on: 23 May, 2023

दसैँ नेपालीहरूको सबैभन्दा ठूलो र महान चाड हो । दसैँ पन्ध्र दिनसम्म मनाइन्छ । दसैँको पहिलाे दिनलाई घटस्थापना भनिन्छ । यस दिनमा जाै, गहुँ, मकै आदिलाई माटोमा मिसाएर जमरा राखिन्छ । दसैँमा देवीको पूजा गरिन्छ । सातौँ दिनलाई फूलपाती भनिन्छ । यस दिन घर घरमा पूजा गरेर फूलपाती भित्र्याउने गरिन्छ । आठौं दिनमा महाअष्टमीको पूजा हुन्छ । नवमीको दिनमा नाै कन्या पूजा गरिन्छ । दसाैँ दिनलाई विजया दशमी भनिन्छ । यस दिन आफूभन्दा ठुलाबडासँग टीका र जमरा लगाएर आशीर्वाद र दक्षिणा लिइन्छ । यसपालिकाे दसैँमा म मेरो घरमा टीका लगाएर मामाघरमा पनि टीका लगाउन गएँ । दसैँको टीका पूर्णिमाको दिनसम्म लगाइन्छ । दसैँ मलाई धेरै नै मन पर्ने चाड हो ।