Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Umang Raj Singh - 35026, Grade I

Posted on: 23 May, 2023

मेरो नाम उमङ्गराज सिंह हो । म कपनमा बस्छु । म कक्षा एकमा मा पढ्छु । मलाई रातो रङ्ग मन पर्छ । मलाई हरियो तरकारी खान मन पर्छ । मलाई राजविराज जान पनि मनपर्छ । म सिफल स्कुलमा पढ्छु । मेरो मिल्ने साथीको नाम खुसी हाे । मेरी आमाको नाम उषा मेहेता हो । उहाँ छत्तिस वर्षकी हुनुभयो । उहाँ घरमा काम गर्नुहुन्छ । मेरो बुबाको नाम रमेश सिंह हो । उहाँ बयालिस वर्षको हुनुभयो । उहाँ अफिसमा काम गर्नुहुन्छ । मेरो घरमा दिदी पनि हुनुहुन्छ । म छ वर्षको भएँ । मलाई बास्केटबल खेल्न मनपर्छ । म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु । म धेरै पढ्छु र म ठुलो भएपछि असल मान्छे बन्ने छु । म धेरै पढेर बुबा आमालाई सहयोग गर्छु ।