Logo

Student Corner

नेपालको बिहानी

Written by: Tanishq Shakya - 28011, Grade VIII

Posted on: 22 May, 2023

सूर्यको सुनौलो किरण यहाँ  झुलुक्क झुल्किए
सूर्यले  राम्राे किरण छर्दा जुनतारा अस्ताए
हिँउले सेता भएका हिमाल टलक्क टल्किए
सुनाैला बाला बिहानीपख झललल झल्किए ।

नेपालीहरू गीत गाउँछन् सुरिलो भाकामा
बिहानको मुस्कान छर्दै  छन् आफ्नो  सुनाैलाे मुहारमा।।

सुन्दर राम्रा पुतली उड्छन् फूलकाे बगैचामा
सितल सितल हावा बग्दछ रुखको छहारीमा
फूलको मगमग बास्ना चल्दछ हावाको गतिमा
सबजना रमाई उठ्दछन् यहाँ बिहानी पखमा।।

नेपालीहरू गीत गाउँछन् सुरिलो भाकामा
बिहानको मुस्कान छर्दै  छन् आफ्नो  सुनाैलाे मुहारमा।।


कलकल बग्छन्  नदी र नाला मधुरो ध्वनिमा
डाँफे मुनाल रमाई नाच्छन् सुन्दर बिहानीमा
सीमसीम पानी पर्दछ यहा मयुर नाँचदा
चराचुरुङ्गी आकाश हुँदै रुखमा फर्किँदा।।

नेपालीहरू गीत गाउँछन् सुरिलो भाकामा
बिहानको मुस्कान छर्दै  छन् आफ्नो  सुनाैलाे मुहारमा।।

चिरबिर गीत गाउँदाखेरि संसार गुञ्जिए
जनावरहरू रमाई रमाई जङ्गलमा दाैडिए
नेपालीहरू गीत गाउँछन् सुरिलो भाकामा
बिहानको मुस्कान छर्दै छन् आफ्नो सुनाैलाे मुहारमा।।