Logo

Student Corner

मेराे मनकाे आशा (कविता)

Written by: Selena Bhattarai - 30041, Grade VI

Posted on: 22 May, 2023

मेराे  देश नेपाल 
म नेपालकी छाेरी
मेराे काम पढ्ने लेख्ने
भविष्यमा डाक्टर बन्ने

डाक्टर बनी दुर्गम जिल्ला गई
गरिब जनताहरूकाे सेवा गर्ने छु
विदेशमा भएका नेपाली डाक्टरहरू नेपाल ल्याई
 देशकाे सेवा गर्न अनुराेध गर्ने छु

मेराे देश  नेपाललाई
राेगी मुक्त बनाउने छु
म नेपालकी छाेरी बनी
देशकाे सेवा गर्ने छु

औषधीको कारखाना खाेली
यहीँ औषधी गर्ने छु
जडीबुटीकाे देश नेपाल 
धेरै थरी औषधी बनाउने छु ।