Logo

Student Corner

मेराे नयाँ वर्ष

Written by: Aiden Man Pradhan - 32028, Grade IV

Posted on: 22 May, 2023

म, मेरी आमा र मेराे बुबा धेरै उत्साहित थियाैँ किनभने भाेलिपल्ट २०८० सालकाे नयाँ वर्ष थियाे । नयाँ वर्ष मनाउन हामीले पाेखरा जाने याेजना बनाएका थियाैँ । त्यसैले सबैजना खुसीले रमाइरहेका थियाैँ । तर हामी त्यहाँ पुगेपछि हामीले फ्लाइट क्यान्सिल भएकाे रहेछ भनेर थाहा पायाैँ । मलाई कस्ताे नरमाइलाे लाग्याे । के गर्ने भनेर एकछिन त आमा र बुबाले छलफल गर्नुभयाे । छलफल गर्न सकेपछि हामी गाडीमा बसेर क्लब हिमालयतर्फ लाग्याैँ । त्यहाँ पुगेपछि हामीले खाना खायाैँ । त्यसपछि मैले ट्याम्पाेलिन र पिङ खेलेँ । मेरी आमा र मैले टेबलटेनिस खेल्याैँ । मलाई धेरै रमाइलाे लाग्याे । त्यसपछि मलाई धेरै थकाइ लागेकाेले हामी सबैजना घर फर्कियाैँ ।