Logo

Student Corner

आमा !

Written by: Manavi Regmi - 27007, Grade IX

Posted on: 19 May, 2023

आमा ! तपाईं हाम्रो जीवनको आधार
आफ्ना सन्तानहरूका साथ सँगै परिवार
तपाईंका हातहरूले छामेको हाम्रो मुटुको धडकन,
तपाईंको मायाले हुर्केकाे हाम्रो सुन्दर जीवन ।

हाम्रो चमक, सबै शक्ति छ हजुरमा ।
हाम्राे जन्म सार्थक बनाइदिने संसारमा ,
हामी तपाईंविना हुन्छाैँ बेसहारा
हाम्राे बाँच्ने आधार र हजुर नै हाे सहारा ।

तपाईं हाम्रो जीवनको एक मात्र बाँच्ने आधार,
आफ्नो मायाले छिटो छिटो बढाउनुहुन्छ विश्वास,
सारा दिन रात   दिनुहुन्छ  हामीलाई  साथ 
लागाेस् हजुरकाे सधैँ हामीलाई  आशीर्वाद ।


तपाईंकाे स्नेह र उदार भावना,
आमा ! तपाईं नै हाम्रो सर्वश्रेष्ठ शिक्षक 
देखाउनुभयाे तपाईंले सुनाैलाे संसार
पाई राखूँ जीवनभर हजुरकाे माया अपार ।