Logo

Student Corner

बाल अधिकार

Written by: Revati Maharjan - 31051, Grade V

Posted on: 19 May, 2023

बाल बालिकाले पाउने हक अथवा अधिकारलाई बाल अधिकार भनिन्छ । १८ वर्षभन्दा मुनिका व्यक्तिहरू बाल बालिका हुन् ।बाल बालिकाले बाँच्न ,विकास हुन ,आफ्ना विचारहरू राख्न पाउने नीतिगत व्यवस्था नै बाल अधिकार हाे । बाल अधिकारभित्र नाम र राष्ट्रियताकाे अधिकार ,आमा बुबासँग बस्न पाउने अधिकार ,बाल बालिकाकाे विचार प्रकट गर्न पाउने अधिकार,शिक्षाकाे अधिकार,खेल्न र रमाउन पाउने अधिकार,बाँच्न पाउने अधिकार,शारीरिक सुरक्षााकाे अधिकार,पाेसिलाे खाना खान पाउने अधिकार आदि पर्दछन् ।सबै बाल बालिकाकाे बाँच्न पाउने अधिकार छ । आमाकाे न्यानाे काखमा बस्न पाउने अधिकार छ तर कतिपय बाल बालिका यी सबै कुराबाट वन्चित छन् । उनीहरू आमा बाबासँग बस्न पाएका छैनन् । पढ्न पाएका छैनन् । मिठाे खान पाएका छैनन् ।सानै उमेरदेखि कठिन काम गरेका हुन्छन् । अरूकाे घरमा बसेर काम गरेका छन् । याे दुःख लाग्दाे कुरा हाे ।बाल बालिकाहरू बाल अधिकारबाट वन्चित हुनुहुँदैन ।सबैले बराबरी अधिकार पाउनुपर्छ ।