Logo

Student Corner

मेरो दैनिक जीवन

Written by: Atullya Panta - 33006, Grade III

Posted on: 19 May, 2023

म सात बजे उठ्छु । म उठेर हात-मुख हुन्छु । दाँत माझ्छु । ७ः३० बजे म खाजा खान्छु । ७ः४५ मा किताबकापी मिलाएर झोलाभित्र राख्छु । म एकछिन टिभी हेर्छु । ८ः३० बजे म लुगा लगाएर स्कुल जान तयार हुन्छु । ८ः५५ बजे म विद्यालय पुग्छु । विद्यालयमा म कक्षाहरू लिन्छु । दिउँसाे खेल्छु, खान्छु । ४ः०० बजे हाम्रो छुट्टी हुन्छ । म घर फर्किएपछि लुगा फेरेर हातमुख धुन्छु र खाजा खान्छु । त्यसपछि म मेरी मामुसँग कुराकानी गर्दछु । म मामुसँग तरकारी लिन बजार पनि जान्छु । म बाबासँग बसेर गृहकार्य गर्छु । बेलुका म एकछिन टेलिभिजन हेर्छु । ८ः०० बजे बेलुकाको खाना खान्छु । खाना खाइसकेपछि म बाबा मामुसँग एकछिन खेल्छु । नाै बजे मेरो सुत्ने समय हुन्छ। ९ः०० बजे म सुत्न आफ्नो ओछ्यानमा जान्छु ।