Logo

Student Corner

पानीको महत्त्व

Written by: Anuprastha Luitel - 30058, Grade VI

Posted on: 18 May, 2023

पानीको महत्त्व धेरै छ । संसारका सबै जीव वा प्राणीलाई पानी नभई हुँदैन । पानीविना कोही पनि बाँच्न सक्दैन । मानिसलाई पानी चाहिन्छ । मानिस पानीविना बाँच्न सक्दैन । हाम्रो शरीरलाई पानी चाहिन्छ । हामीले दिनमा आठदेखि दश गिलास पानी पिउनु पर्छ । हामीलाई नुहाउन, लुगा धुन र खेतबारीमा लगााउन पानी नै चाहिन्छ । हामीले खाने खाने कुरा पकाउन पनि पानी नै चाहिन्छ । किसानहरूले पानी भएन अन्न फलाउन सक्दैनन् । हामीले बाल्ने बिजुली बत्ती पनि पानीबाट नै निकालिन्छ । पानी भएन भने मानिस र अरू जीवहरू सबै मर्छन् । मानिस जस्तै अरू जीवजन्तुहरूलाई पनि बाँच्न पानी नै  चाहिन्छ । कतिपय जीव त पानीमै बस्छन् । उनीहरुको घर नै पानी हो । जीवका लागि पानी मुख्य कुरा हो । यति महत्त्वपूर्ण चिज पानीको हामीले सदुपयोग गर्नुपर्छ । पानी खेर फाल्नु हुँदैन । पानीका स्रोतहरू धेरै छन् । नदी, ताल, खोला, पोखरी कुवा, इनार धारा आदि पानीका स्रोतहरु हुन् । बोटविरुवा, वनजङ्गल नाश गर्दा पानीका स्रोतहरु हराउँदै जान्छन् । पानीका स्रोतहरू सफा राख्नु पर्छ । पानी फोहोर भयो भने विभिन्न प्रकारका रोगहरू लाग्छन् । फोहोर पानी पिउँदा हामी बिरामी हुन्छौँ । उपचारमा धेरै पैसा खर्च हुन्छ । पानी अमृत हो । पानी प्राण हो ।