Logo

Student Corner

‘मलाई मेराे बक्साकाे याद आयाे ’ (कविता )

Written by: Rushina Tamang - 26008, Grade X

Posted on: 18 May, 2023

ठुलाे बक्सा थियाे मसित 
सेताे थियाे छत र पहेँलाे थियाे भित्ता
सानाे देख्लान् बक्सा अरूले
त्याे बाक्साले दुख्थ्याे मलाई चित्त ।

बाहिर हेर्न झ्याल र बाहिर निस्किन ढाेका 
सामानले थिएन बक्साकाे भुइँलाई 
त्यही झ्याल बाहिर हेरेर साेच्थे
बाहिर जान कहिले पाइएला माैका ?

मेराे घर मन्दिर र स्कुल हाे मेराे बक्सा 
खराब आचरणबाट बचाई गर्छ, मलाई रक्षा
बच्चाहरूलाई देख्छु, पाउन हिँडेकाे शिक्षा
स्कुल जाने हाेइन साथी पाउन असल शिक्षा

कहिलेकाहीँ लाग्छ मलाई र साेच्छु म,
राक्षसहरूले मलाई राक्षस जसरी राख्छन्
कहिले खजाना जसरी राख्छन्
कहिले कामदार जसरी राख्छन्
कहिले कैदी जसरी राख्छन् ।

आज टाढा जाँदै छु
याे बक्सालाई छाेडेर पर
यी राक्षस र बक्साबाट टाढा जान पाइन्छ भने 
लाइदिन्छु म निधारमा सिँदुर
कहिले मेराे मनमा आउँछ विचार ।

तर, ती राक्षस झन् खराब छन् 
कैदी बनाएर कुटपिट पनि गर्छन्
अहिलेका बक्साका कुरा सबै राम्रा छन् त ?
म यही साेचिरहन्छु, म यही सम्झिरहन्छु ।