Logo

Student Corner

पुस्तक समिक्षा | पन्टु र परी

Written by: Sushant Pokharel - 32020, Grade IV

Posted on: 18 May, 2023

पन्टु र परी हामीले पुस महिनामा पढेकाे किताब हाे । यस कथाका पात्रहरू ः पन्टु, आमा, भाेटु र परी हुन् । पन्टु, आमा र भाेटु बगर जाँदै थिए । पन्टु र भाेटु बगरमा साथीहरूसँग खेल्न गए । त्यतिबेला उनीहरूले एउटा कहिल्यै नदेखेकाे जीवलाई देखे । पन्टुले उसलाई बाेकेर ल्याउँछ । राति पन्टु र भाेटुले आफूसँग भएकाे जीव उडे जस्ताे लाग्याे । त्याे जीवकाे बुबा र आमा त्याे जीवलाई लिन आउनुभएकाे रहेछ । बल्ल पन्टुले उनीहरू परी रहेछन् भन्ने कुरा थाहा पाउँछ । परीका आमा बुबालेे पन्टु र भाेटुलाई धन्यवाद दिएर परीलाई लिएर जान्छन् । भाेलिपल्ट बिहान सबैले परीकाे खाेजी गर्छन् । त्यही बेला उनीहरूले धन्यवाद लेखिएकाे एउटा सुनकाे डल्लाे भेट्टाउँछन् । यसरी कथाकाे अन्त्य भएकाे छ ।