Logo

Student Corner

बालापन

Written by: Aaniya Poudel - 27002, Grade IX

Posted on: 17 May, 2023

“ नानी चुप लागेर बस् त्याँ ! हैन यो केटी कति चल्दी रैछे” आमा भान्छाबाट कराउनुभयो । बैठक कोठामा बसेर खेलिरहेकी मीनाले सुन्या नसुन्यै गरी खेलिरही । बैठकमा बसेर बुबा पत्रिका पढिरहनुभएको थियो । बुबाले भन्नुभयो, “छोड्दे न त खेलोस्” l
बुबाकाे कुरा सुनेर आमाले भन्नुभयो “ तपाईंको यस्तै कुराले त यो बिग्रेकी ! मैले भनेको त केही पनि मान्दिन । यसलाई अगि नै खाट मिला भनेको अहिलेसम्म भताभुङ्ग छ । हैन यो केटीले मैले भनेको नसुन्या हो कि मैले भन्या नबुझ्या हो ।”  मीनाले भनी, “ह्या मम्मी अहिले मिलाउँछु नि म ।  कति कराइ राको होला । आज बिदाको एक दिन त नकराउनु न” । “यो केटी कत्ति मात्तिएकी होली जा बजार गएर तरकारी लिएर आइज ” आमाले भन्नुभयो । ल म लिएर आउँछु । खै पैसा ? “बुबासँग मागेर लैजा; फेरि धेरै बेर लाउने हाेइन नि ”। “हुन्छ” भन्दै मीना बजारतिर पत्ता तोडले दौडी । बाटोमा मीनाकी साथी माया र सीता खेलिरहेका थिए । सीताले मीनालाई देखी र “मीना यता आइज खेल्न,  हामी सबै जाना लुकामारी खेल्ने” ! “राम उसको साथीहरू पनि आइराछन्” । मीनाले भनी, “नाइ! आमाले मलाई छिटाे तरकारी लिएर आउन भन्नुभएको छ । मायाले भनी, “एकैछिन खेल् अनि जालिस् तरकारी लिन” । मीनाले हुन्छ भन्दै साथीहरू भएको ठाउँमा दौडिई । घरमा आमालाई चिन्ता हुन थालेको थियो । हैन, यो केटी कहाँ गई होला आधा घन्टा भइसक्यो त्यहीँ पनि अहिलेसम्म आएकी छैन । फेरि साथीहरूसँग खेल्न थाली हाेली  । हैन यो केटीलाई म के गरूँ?  बुबाले भन्नुभयो “ छोड्दे नत छोडदे सानै छे” । सानै १३ वर्षकी भइसकी काम गर्ने भने ढङ्ग छैन । केही काम अरायो भने त्यहीँ अलमलिएर बस्छे । आफू सुतेको ओछ्यान पनि मिलाउँदिन । यो केटी अब काँ हाेली तरकारी लिन पठाएको तरकारीको नि अत्तोपत्तो छैन । यो केटीको नि अत्तोपत्तो छैन । घर आओस् यो केटीलाई त मैले जान्या छु । मीना साथीहरूसँग खेलिरहेकी थिई । उसले झट्ट सम्झिन्छे उसलाई त आमाले तरकारी लिएर आउनु भनेको । 
मीनाले सबै साथीहरूलाई अब म गएँ है भन्दै त्यहाँबाट बजारतिर पत्ता तोडले दौडिन्छे । त्यहाँ तरकारी किनेर फेरि घरतिर दौडिन्छे । त्यहाँ आमा उसको लागि पर्खिरहनु भएको थियो । मीनालाई आमाले देख्ने बित्तिकै “आई पुग्नुभो महारानी ? आउँदा केही गारो त परेन नि काँ मुन्टेकी थिस् भन् त । मीनाले भन्छे आमा ! तपाईंले मलाई भर्खर महारानी भनेको हैन महारानीसँग यसरी कुरा गर्ने हो त ! यति भनेर ऊ मुसुमुसु हाँस्न थाल्छे । हाँस हाँस जति हाँस्न मन लाग्छ त्यति हाँस भोलि रिजल्ट आउँछ अनि हाँसाैँला। राती हुन्छ सबै जाना खाना खाएर सुत्न जान्छन् । भोलिपल्ट बिहानै मीना उठेर रिजल्ट लिन जान तयार भएर बस्छे । सबै जना रिजल्ट लिन जान्छन् यसपालि मीना प्रथम भएकी थिइनन् । उनको पढाइ अलि खस्केको थियो । भोलिपल्ट स्कुल जानु थियो तर मीनालाई स्कुल जान लाज लागिरहेको थियो ।