Logo

Student Corner

मेरी बहिनी

Written by: Ujjwol Dhakal - 33023, Grade III

Posted on: 17 May, 2023

मेरी बहिनीको नाम सहारा ढुंगाना हो । मेरी बहिनी एक वर्षकी भइन् । मेरी बहिनी अमेरिकामा बस्छिन् । मेरी बहिनी एक महिनाअघि नेपाल आएकी थिइन् । त्यसबेला बहिनी र मेरो पहिलो भेट भएको थियो । बहिनीलाई पहिलो पल्ट भेट्न पाउँदा म एकदम खुसी भएको थिएँ ।  मेरी बहिनी खेल्न पाउँदा धेरै खुसी हुन्छिन् । मैले पनि बहिनीलाई खेलौनाहरू दिएर खेलाएँ । मेरी बहिनी राम्री छिन् गुडिया जस्तै । म मेरी बहिनीलाई धेरै माया गर्छु ।