Logo

Student Corner

भेदभाव नहाेस्

Written by: Manaswi Sapkota - 26004, Grade X

Posted on: 16 May, 2023

किन हुन्छ यस्ताे भेदभाव ?
के कारणले हरायाे समभाव ?
राताे रगत उस्तै  र उही नसामा बग्ने 
हुन् ईश्वर उनै याे संसार रच्ने ।

पुर्खाकाे पालादेखि नै किन भेदभाव
विभाजन छ जात ठुलाे सानाे पर्खाल
मानिस सबै एउटै हाे के जात र पात
गराैँ सबलाई समान किन भेदभाव ।

धर्ममा,कर्ममा विभेद गरी मर्ममा चाेट 
र, भेषभूषा,भूगाेल अनि वर्णमा खाेट
भाइभाइकाे सम्बन्ध बिग्रन सक्छ तब 
सबै हामी नेपाली याे सम्झाैँ  कि अब !


नदुखाेस् कसैकाे मन भेदभावले
महान् बन्छ मानिस आफ्नै कामले
गराैँ उपकार राखाैँ कर्ममा विश्वास
मानिस मानिसमा विभेद नहोस् 
सबैमा नेपाली हुँ भन्ने भावाना रहोस् ।