Logo

Student Corner

मेरो गाँउ

Written by: Prasiddhi Dangol - 28009, Grade VIII

Posted on: 16 May, 2023

गाउँमा बस्छन् सबै मिलेर 
हिंसा हैन मायाले बाँचेर
आनन्द लाग्छ पुर्खा सम्झेर
भागे अङ्ग्रेज मृत्युबाट डराएर।

एकताबद्ध भएर बसेका
ज्ञान र बद्धि अर्कालाई बाँडेका
खेती पाती गरेर जीवन बिताएका
सिस्नुँ खाएपनि खुसीले रमाएका।

दु:ख र पीडाले भरेको
किन दु:ख पाएर मरेको?
सुख र माया नपाएपनि बसेका
तर खुसीको कथा सुनाएका।

जहाँ बाचेँ पनि गाह्राे हुन्छ
जीवनमा दु:ख सुख हुन्छ
तै पनि गाँउ छ मेरो अनमोल
गाँउ हो मेरो नुवाकोट।।