Logo

Student Corner

पुस्तक समिक्षा | साँच्चैकाे हिराे हाे कृष्णबहादुर | लेखक ः कार्तिकेय

Written by: Drishtanta Raj Sapkota - 32045, Grade IV

Posted on: 16 May, 2023

याे कथाकाे पहिलाे पानामा ठाउँकाे चित्रण गरिएकाे छ । एउटा सानाे बालकले नागपाेखरीकाे पार्कमा बसेकाे सबै मानिससँग पैसा भिख मागिरहेकाे हुन्छ । त्यसै क्रममा मपात्रले त्याे बालकलाई सय रुपैयाँ दिन्छन् र त्याे बालककाे क्रियाकलाप हेर्छन् । त्याे केटाेले पैसा आफ्नी आमाकाे औषधी किन्‍नकाे लागि मागेकाे हुन्छ । कथाकाे म पात्रले त्यस केटाेकाे सबै कुरा नियालेर हेरिरहेका हुन्छन् । त्याे काेठाकाे धेरै जसाे कुराहरू पुराना र बिग्रीएका थिए । केही क्षणपछि त्याे केटाे आमाले मकै खान नसक्ने हुनु भएकाले पाउराेटी लिनका लागि भनेर जान्छ । फर्केर आएपछि आमालाई दवाइ खुवाउँछ । यसरी एउटा बालककाे बिरामी आमा र आमाप्रतिकाे माया देखेर मपात्रकाे आँखा आँसुले भरिन्छ । केही छिनपछि मपात्र “ओहाे ! बाबु म त तिम्राेमा आएँ नि है ?” भन्दै निस्किन्छन् । केटाेले पनि आमालाई घचघच्याउँदै पैसा दिने अङ्‍कल भन्दै मपात्रतर्फ देखाउँछ । केही समयपछि कृष्णबहादुर पत्रिका बेच्ने काम गर्न थाल्छ । कृष्णबहादुर दिनकाे डेढ सय कमाउँछ । ऊ  बेलुका बेलुका पढ्न जान थालेकाे छ । अहिले उनकी आमाकाे राेग पनि निकाे भइसकेकाे छ । अहिले उनीहरूकाे जीवन शैली परिवर्तन भइसकेकाे छ । कथाका मपात्रले आफ्नाे सन्तानलाई कृष्णबहादुर साँच्चैकाे हिराे हुन् भनी बताउँदा रहेछन् ।