Logo

Student Corner

लघु चलचित्र समिक्षा राजु र म

Written by: Pratyush Lohani - 31019, Grade V

Posted on: 15 May, 2023

‘राजु र म’ नामक चलचित्र बालबालिका र उनीहरूका अधिकारक बारेमा आधारित रहेको छ । यसको लेखन तथा निर्देशन गायत्री रावलले गर्नुभएको हो । यस चलचित्र धेरै अवार्डबाट सम्मानित भएको छ । याे चलचित्र राजु र म नामक कथामा आधारित छ । याे सानो बाल चलचित्र हेरेपछि मैले बालबालिकाको अवस्था र बाल अधिकार बारेमा जान्ने मौका पाएँ । चलचित्रले आर्थिक अवस्था कमजोर भएका चरम गरिबीमा हुर्किएका आमा र बुबाको माया नपाएका धेरै बालबालिकाहरूको प्रतिनिधि पात्र राजुको अवस्थाबारे बताएको छ । यो साँच्चै दुःख लाग्दो छ । यस चलचित्रले हामीजस्ता राम्रो शिक्षा पाउन सफल बालबालिकाहरू र राजु जस्ता आधारभूत शिक्षाबाट बञ्चित बालबालिकाहरू रहेको कुरा थाहा पाउँदा साँच्चै मन दुःखी हुन्छ । चलचित्र हेरेपछि राजुहरूजस्ता बालबालिकालाई अशिक्षा गरिबी र भोकमरीबाट कसरी बाहिर ल्याउन सकिन्छ भनेर म सोच्न बाध्य भएँ । चलचित्रमा देखाइएका जोखिमपूर्ण काम गर्दै गरेका, सडकको किनारमा सुतिरहेका, भोका नाङ्गा खानाका लागि तड्पिरहेका, घरबारविहीन बालबालिकाहरूको अवस्था सुधार्न आवश्यक रहेको अनुभव मैले गरेँ । राजुजस्ता बालबालिकाहरू बाल्यकालमा गरिने खेलकुद, परिवारको माया र राम्रो सङ्गतबाट टाढा हुन्छन् । यस्ता बालबालिकाहरू सरसफाइ र सामान्य स्वास्थ्यबाट समेत टाढा हुन्छन् । यस्ता बालबच्चाहरूले आफ्नाे परिचय पनि प्राप्त गर्न सकेका हुँदैनन् । यो अवस्था साँच्चै दुःखदायी अवस्था हो । यो चलचित्रले हामीलाई बालअधिकारबारे पनि बताएको छ । बालअधिकारले बालबालिकालाई बाँच्न पाउने अधिकार, बासको अधिकार, परिवारसँग बस्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, खेल खेल्न पाउने अधिकार, सुरक्षाको अधिकार, परिचयकाे अधिकार र शिक्षाको अधिकार सुनिश्चित गर्दछ भन्ने कुराको शिक्षा पाइयो । यी बालअधिकारलाई संयुक्त राष्ट्रसंघले समेत प्रत्याभूति गरेको छ ।