Logo

Student Corner

भूत कसरी ?

Written by: Akanchhya Khadka - 27001, Grade IX

Posted on: 15 May, 2023

प्रभा भर्खरै सिफलको बाटो हुँदै आफ्नो विद्यालयको कक्षाकोठामा पुगी । बाटोभरि नै उसको मन कहाँ शान्त थियो र ? बाटोभरि रिसले आगो भई बाटोभरि एक्लै कुरा गर्दै  बर्बराउँदै हिँडेकी थिई । प्रभा कक्षाकोठामा पुग्नासाथ सबैका आँखा ऊ माथि परे । "ओए.... हेर् त  कताबाट दिउँसो नै भूत पो आए छ ?" भनी राम गलल हाँस्न थाल्यो ।" होइन होला, भूतको कपाल त फरर हुन्छ तर यसकाे कपाल त तेलले चिपिक्क छ त ! हरिले  थप्यो । के थाह बजारमा नयाँ प्रजातिको भूत पो आएको हो कि ? तिमीले त काठमाडौँ फन भ्यालीको भूत बङ्गलामा काम पाउन सक्छौ होला । राहुलले थप्यो । यसपछि सबै केटाहरू गलल हाँस्न थाले । केटीहरू पनि एउटा कुनाबाट हाँसिरहेका थिए । खासखुस कुरा गर्दै थिए । प्रभालाई थाहा थियो केटीहरू पनि उसको बारेमा कुरा गर्दै थिए ।  ऊ केही नभनी आफू  बस्ने ठाउँमा जान्छे र चुपचाप बस्छे । सधैँ झैँ आज पनि कोही उसँग बोल्न खोजेनन् । भएकी एउटा साथी रमा पनि आएकी थिइन । ऊ आफ्ना साथीहरूले गरेको कुरा नसुनेझैँ गरी । दिनभरि घोक्रे मुख लगाएर जसरी तसरी आफ्नो कक्षा समय बिताई । घर जाने बेला भएको थियो । कक्षाबाट निक्लिने बेलामा रमेशले भन्छ "प्रभा तिम्रो घर त ग्यास पसल पछाडिको घर होइन ? त्यो डरलाग्दो भूत बङ्गला "? प्रभा केही नबाेली चुपचाप बस्छिन् ।

"मेरो मात्र जीवन यस्तो किन भएको होला ! सधैँ साथी ताना मात्र लगाउँदै बस्छन् । मलाई कसैले बुझ्ने कोसिस गर्दैनन् । यो सबै मेरी आमाले गर्दा भएको । मैले के गल्ती गरेकी थिएँ ? सधैँ सबैलाई राम्रो होस् भन्ने चाहेँ । मानिसहरू निर्दयी हुने रहेछन् । भूत रे ? त्यो रमेशले कहिले आफ्नो अनुहार ऐनामा हेरेको छ भूतलाई पनि डढाउने क्षमता भएको मान्छे त आफैँ नै हाे जस्ताे छ । मलाई भूत पनि किन नभन्नु र ? छ्याप्पछ्याप्ती  टाउकाभरि खन्याएकाे तेल ! आँखालाई भूत जस्तो देखाउने गरी लगाइएकाे गाजल । मेरी आमाले मलाई के राम्री बनाउन खाेजेकी हाेइनन् र ? । आमा बाबाकी म एक्ली सन्तान । भएकी एउटी छोरीलाई पनि भूत जस्ती बनाउने, उसलाई खुसी भएकाे देख्न नचाहने, मेराे कुरा नमान्ने नसुन्ने । जसलाई जुन कुरा राम्राे लाग्दैन त्यसमा किन आफ्नाे मात्र जिद्दी ? सबैले उसलाई मजाक उडाएकाे देख्दा कति सन्तोक मिलेकाे होला ? मेरी आमा किन अरूकी आमा जस्तै नभएकी हाेलिन् ? अरूकी जस्तै मायालु आमा पाउन पाए पनि कस्तो राम्रो हुन्थ्याे होला । मेरो त भाग्यमा नै रहेनछ ।" आँखाभरि आँसु लिएर मनमा कुरा खेलाउँदै आउँदा कति खेर घर पुगेँ भन्ने पनि प्रभाले थाहा नै पाइन । 
प्रभा सदाझैँ आज पनि आफ्नो कोठामा गइहाल्छे । हातमुख धोएर केही नबोली गृहकार्य गर्न थाल्छे । मनमा कुराहरू खेलाउँदा उसका आँखाहरू रसाइरहेका थिए । तर, उसको मुखबाट भने केही पनि निक्लेन । त्यतिखेर आमा उसलाई खाजा लिएर आउनुहुन्छ। " नानी तँ कतिखेर आएकी ? केही पनि भनिनस् त, " आमाले साेध्छिन् । प्रभा केही भन्दिन । आमाले आँखा रसाएको  देख्छिन् । "हैन किन आँखा रसायका छन् ?" "तपाईंलाई  किन चाहियो मेरो गृहकार्य धेरै छ । डिस्टर्ब हुन्छ  तपाईं जानुहोस् त ।" प्रभा रिसाउँदै आमालाई भन्छे । "आजकालका बच्चाबच्चीहरू हेर त ? हामीलाई त आमाबुबाले के भयो भनेर कहिले सोधेनन् । घरको सबै काम गरेर विद्यालय जानुपर्थ्यो आएर पनि काम गर्नुपर्थ्यो राति जसरी भए पनि गृहकार्य गर्नुपर्थ्याे । वर्षमा तीन-चार पटक मात्र राम्ररी आमाबुबाको मुख हेर्न पाइन्थ्यो । सुविधा धेरै भएर  मातिएका ! …………………।