Logo

Student Corner

म डियरवाकमा जाेडिएपछि

Written by: Aashrik Pathak - 24079, Grade XI

Posted on: 12 April, 2023

म सानैदेखि अरू मानिससँग बाेल्न रुचाउने व्यक्ति हुँ । मलाई चिने वा नचिनेका कुनै पनि व्यक्तिसँग बाेल्न अप्ठ्याराे लाग्दैन । उनीहरूसँग घुलमिल हुन धेरै समय लाग्दैन । म सानै हुँदा मैले पढेकाे विद्यालय छाेडेर जब म कक्षा १० पछिकाे शिक्षाका लागि डियरवाक सिफल स्कुलमा भर्ना भएँ, त्यहाँ पनि म घुलमिल भइहालेँ ।  
डियरवाक सिफल स्कुलमा म पहिलाेपल्ट मेराे बाबासँग भर्नाकाे लागि आएकाे थिएँ । विद्यालयको मूल गेटबाट भित्र आई भर्ना हुने ठाउँतिर लाग्यौँ । त्यहाँ एलिशा म्यामले विद्यालयबारे विस्तृतमा बताउनुभयो । भर्नाको काम पनि सबै सकियो । त्यसपछि बाबा र म विद्यालयको वरिपरि घुम्न थाल्यौँ । कक्षा ११ को पढाइ सुरु भइसकेको थियो । मलाई गुरुहरूले ढिला नगरी विद्यालय आउन भन्नुभयो र  हामी घर आयौँ ।
घर आएपछि म भोलि के होला भनेर सोचिरहेकाे थिएँ । भोलिदेखि नै मेरो विद्यालय सुरु थियो । केही डराएको पनि थिएँ । फरक विद्यालय, फरक वातावरण र फरक शिक्षक शिक्षिकाहरू । नयाँ साथीहरू सबै नयाँ । अर्को दिन जब म विद्यालय गएँ तब कक्षा सुरु भइसकेको थियो । मैले गुरुबालाई “म भित्र आऊँ” भनेर सोधेँ । उहाँले अनुमति दिनुभयो । म निकै नौलो परिवेशमा थिएँ ।  कक्षाकोठामा मैले कसैलाई पनि पहिले देखेको थिइनँ । पहिलो बेन्चमा एक जना चस्मा लगाएको साथीसँग बसेँ । 
भिन्न परिवेश र वातावरणमा घुलमिल हुन मलाई थोरै समय लाग्यो । मैले सिफल स्कुलका साथीहरूमा त्यो गुण पाएँ, जुन गुण मेरा पहिलेका साथीमा थियो । म पहिले पढेकाे स्कुलमा भएका साथीहसँग भए जस्तै महसुस भयो । त्यसपछि मलाई यो विद्यालयमा छुट्टै खालको रमाइलो महसुस हुन थाल्यो । समग्रमा मलाई यस विद्यालयमा अहिलेसम्म बिताएका पल निकै रमाइला लागेका छन् । गुरु गुरुआमाहरूले बुझ्ने गरी पढाउनुहुन्छ । माया गरेर सम्झाउनुहुन्छ । जसले गर्दा यहाँ कुनै कुराको कमी भएको छैन ।
अन्त्यमा अहिले पनि मलाई मेरो पहिलेको विद्यालय याद आउँछ । त्यो समय, ती साथीहरू, गुरुबा, गुरुमा, दिदी, दाइ सबै जनाको । तर यो विद्यालयमा म रमाउन, औधी रमाएको छु । मेराे पढाइ पनि ठिकै छ । यहाँको वातावरण निकै सफा, स्वच्छ र मनोरन्जन दिने खालको छ ।