Logo

Student Corner

पोखरा विमान दुर्घटना

Written by: Samriddha Raj Satyal - 24063, Grade XI

Posted on: 06 April, 2023

माघ १ गते माघे सङ्क्रान्ति विशेष पर्व हो । वि. सं. २०७९ माघ १, सधैँ जस्तै बिहान घाम लागिसकेको थियो ।  सबैजना आआफ्नो घर वा गन्तव्यमा गएर घिउ, चाकु, तरुल, खिचडी खाने याेजना बनाउँदै थिए, हाेलान् । बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट विमानले उडान लियो, पोखराका लागि । सफा मौसम र खुला आकाश, कति बेला घर पुगेर आमाले पकाएको तरुल चाकु खिचडी खान पाइन्छ भन्ने आकाशमै कल्पना गर्दै गर्दा ती सोच आकाशमै बिलाए । विमान सेती नदीको खोचमा खस्यो । 
यति एयरलाइन्सको त्यो विमानमा कुनै खराबी थिएन । मौसम पनि राम्रो थियो। विमान दुर्घटना भयो कसरी ? थोरै समय केही नभएको भए ती यात्रारत सम्पूर्ण मानिसले यो संसार गुमाउँदैनथे । कतिका पारिवार सखाप भए, कसैका श्रीमान्, कसैका श्रीमती, कसैका बाबु, कसैका आमा, कोही पनि जीवित रहेनन् । निशान्त अधिकारी जो कलाकार थिए उनी पनि रहेनन् । मानिसको जीवन कति बेला के हुन्छ, कसैलाई केही थाह नहुँदो रहेछ । को पाइलट अन्जु खतिवडाले त्यो उडानपछि पाइलटको अनुमति पाउने थिइन् । केही वर्ष अगाडि उनका श्रीमान्ले पनि यसरी नै हवाइ दुर्घटनामा ज्यान गुमाएका थिए । यसरी जहाज दुर्घटना हुनुमा मुख्य कारण चाहिँ के रहेछ त ? यो कुरा जान्नु आवश्यक छ । पहिलो कुरा हामीले यो बुझौँ कि ९० % जहाज अवतरणको क्रममा दुर्घटनामा पर्छन् । यतिको याे जहाज पनि अवतरणकै क्रममा दुर्घटनामा परेको थियो । यस अवतरणमा को पाइलटको सानो गल्तीले जहाज दुर्घटनामा परेको थियो । जहाज अवतरण गर्दै गर्दा एक किसिमको उपकरण ओराल्नु पर्नेमा अर्कै किसिमको उपकरण गल्तीवश ओरालिएको कारण जहाजमा इन्धन आउन बन्द भयो र दुर्घटना भयाे । जहाज अलि माथि धेरै उचाइमा उडिरहेको भए यो समस्या तत्काल समाधान हुन्थ्यो तर जहाज जमिनबाट  धेरै उचाइमा थिएन । जहाज सेती खोँचमा खस्यो ।

समग्रमा एउटा सानो गल्तीले धेरै चोट, व्यथा, पीडा र मानवीय क्षति हुन सक्छ । आज यो घटना भएको दुई महिनाभन्दा धेरै भइसकेको छ । यो दुर्घटनाले धेरै मानिसलाई पीडा दिएको छ । ७२ जना मानिसले अकालमा ज्यान गुमाएका छन् । परिवारको विछोड भएको छ । यस्तो कहालीलाग्दो घटना अब कहिल्यै नहोस् । कहिल्यै सुन्नु नपरोस् ।