Logo

Student Corner

जेम्स वेब स्पेस टेलिस्कोप

Written by: Mandip Lal Joshi - 24075, Grade XI

Posted on: 31 March, 2023

जेम्स वेब स्पेस टेलिस्कोपलाई (छोटकरीमा जे. डब्लु .एस .टि वा वेब पनि भनिन्छ) याे एउटा अन्तरिक्ष टेलिस्कोप हो । यो एउटा इन्फ्रारेड टेलिस्कोप हो जसको लगभग ६.५ मिटरको प्राथमिक ऐना हुन्छ । यो अन्तरिक्ष टेलिस्कोपलाई २५ डिसेम्बर २०२१ मा फ्रान्सेली गुयानाको युरोपेली अन्तरिक्ष एजेन्सी (इ.एस.ए) को स्पेसपोर्टबाट ५ रकेटमा  सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । यो अन्तरिक्ष टेलिस्कोपको रोचक तथ्य यस्ता छन् :

याे संसारको सबैभन्दा महँगो टेलिस्कोप हाे । जेम्स वेब स्पेस टेलिस्कोप मानव इतिहासकै सबैभन्दा महँगो टेलिस्कोप हो । यो टेलिस्कोपको प्रारम्भिक बजेट १ अर्ब अमेरिकी डलर थियो तर सन् २०२१ सम्म यो अन्तरिक्ष टेलिस्कोप बनाउन करिब १० अर्ब अमेरिकी डलर खर्च भएको थियो । सन् २००७ मा अन्तरिक्षमा प्रक्षेपण गर्ने गरी सन् १९९६ मा जेम्स वेब स्पेस टेलिस्कोपको प्रस्ताव राखिएको थियो । सन् २०१८ मा, टेलिस्कोपको सूर्य ढाल परीक्षणको क्रममा च्यातियो जसको कारण यसको प्रक्षेपण मिति झन पर सर्यो  । टेलिस्कोप अन्ततः २५ डिसेम्बर २०२१ मा प्रक्षेपण भयो । जेम्स वेब स्पेस टेलिस्कोपभन्दा अगाडि प्रक्षेपण गरेको हबल स्पेस टेलिस्कोप (२४ अप्रिल १९९०) भन्दा  ठुलो भए तापनि यो हबल स्पेस टेलिस्कोपभन्दा  हलुका रहेको छ । जेम्स वेब स्पेस टेलिस्कोपको ताैल लगभग ६२०० किलोग्राम रहेको छ भने हबल स्पेस टेलिस्कोपको ताैल लगभग १२३०० किलोग्राम रहेको छ। 
जेम्स वेब स्पेस टेलिस्कोप मा कुल १८ ओटा प्राथमिक ऐना छन् । यो ऐनाले इन्फ्रारेड प्रकाश सङ्कलन गर्दछ जसकाे सहयोगले टेलिस्कोपले तस्बिर खिच्न सक्छ । झट्ट हेर्दा सुनले बनेको जस्तो देखिए पनि यो अन्तरिक्ष टेलिस्कोपको ऐना वास्तवमा बेरिलियम धातुबाट बनेको हो । जेम्स वेब स्पेस टेलिस्कोप पृथ्वीको परिक्रमा गरिरहेको छैन । यसले राम्रोसँग काम गर्न सूर्यको प्रकाशबाट टाढा हुनु आवश्यक छ । यसलाई सूर्यको कक्षबाट टाढा राखिएको छ ।

याे टेलिस्काेपले विगतको समय देख्न सक्छ । जब पहिलो आकाशगङ्गाहरूको सिर्जना भयो तब तिनीहरूले उत्सर्जन गरेको प्रकाश भिजिबल स्पेक्ट्रममा थियो । जति लामो दुरी प्रकाशले यात्रा गर्दछ, त्यति नै यो इन्फ्रारेड स्पेक्ट्रममा सर्छ । जेम्स वेब स्पेस टेलिस्कोपले इन्फ्रारेड सेन्सरहरू प्रयोग गरेर तस्बिरहरू खिच्ने क्रममा यसले पहिले ताराहरूको प्रकाश खिच्न पनि सक्छ । जुन यो पहिले कुनै टेलिस्कोपले गर्न सक्दैन थियो । हाम्रो ब्रह्माण्डको उत्पत्तिलाई फर्केर हेर्ने क्षमता जेम्स वेब स्पेस टेलिस्कोपको सबैभन्दा महत्त्वपूर्ण विशेषताहरूमध्ये एक हो ।
सन्दर्भ:स्राेत
Wighton, S. (2022, November 26). 9 interesting facts about the James Webb Space telescope.