Logo

Student Corner

अतीत के थियाे?

Written by: Sukrit Jung Basnet - 24046, Grade XI

Posted on: 29 March, 2023

हर पल साथ दिन्छु भन्ने वचन कहाँ गयाे ?

स्वार्थ पू्रा भएपछि अन्जान बनाई छोडिदियाै 

एक पलको हाँसो देखी सहेन उसले मेरो 

जोड्न नै नसकिने गरी

 मेरो मन सिसा जस्तै तोडिदियो 


 

मन लाग्दा बोल्ने कुरा खाेल्ने

स्वार्थ पूरा भएपछि छोड्ने 

मेरो मन तिम्रो कुनै खेलौना हाेइन 

तिम्रो सबै गल्ती बिर्सेर चोट सहिरहने अब 

म त्यो अतीतमा बाँचिरहने पूरानो सुकृत रहिनँ। 


 

निकै नै अन्धो भएको रहेछु म  

तिमी जस्तो साथी पाएँ भन्दै

ठान्थेँ आफूलाई निकै नै भाग्यमानी

वर्तमानमा मसँग नरहे पनि के गर्नु 

अतीत सम्झिँदा तिम्रै झल्को आउँछ 


 

नजिक आउने प्रयास त मेरो पनि थियो 

तिमी नै खै किन हो टाढा हुँदै गयाै !

बुझ्न नि सकिन मैले तिम्राे मनकाे भाव

मेरो प्रेममा त्यस्तो के देख्याै अभाव  ?