Logo

Student Corner

लेख

Written by: Meemansha Acharya - 23027, Grade XII

Posted on: 24 March, 2023

 

तयार पार्नुछ मलाई एउटा लेख

तर किन यो मन एकाग्र हुन मान्दैन

साँच्चै लेख लेख्न गार्हो पो रहेछ

अझ गार्हो त एक विषयमा केन्द्रित भएर 

लेख लेख्न पो रहेछ । 

 

एउटा विषयमा लेख्छु भनी बसेको म

हराएँ आफ्नै झ्याली दुनियामा

लेख्दालेख्दै कता हराएँ

थाहा छैन मलाई

गर्दै छु प्रयास, हराए पनि म

तर फेरि पनि हराएँ म । 
 

आउँछन्, अनगिन्ती विचार मगजमा

खोज्छु त्यसलाई उतार्न कलमले

तर किन सक्दिनँ भनी प्रश्न गर्छु,आफैँलाई

त्यही प्रश्नमा फेरि पनि हराउँछु म । 

 

यही विषयमा नै लेख्छु 

म जे देख्छु त्यही लेख्छु

भनेर बसेको म

खोइ कता पो हराएँ

एकछिन आफैँसँग डराएँ ।

 

आफैँलाई खोज्दा खोज्दै

मेराे लेख कता पुग्याे कता !

साँच्चै लेख लेख जस्तो भयो वा भएन ?

तर फेरि पो थाह पाएँ

लेख्दालेख्दै हराएछु म ।