Logo

Student Corner

मेरो जाडोको बिदा

Written by: Raj Manandhar - 31023, Grade IV

Posted on: 24 March, 2023

 

मेरो जाडोको बिदा पुस नाै गतेदेखि सुरु भएको थियो तर म चित्रकलामा छनोट भएको हुनाले म विद्यालय जानु पर्थ्यो । म विद्यालय नाै बजे गएर चार बजे घर फर्किन्थेँ तर सोमबारको दिन तेक्वान्दोको जाँच भएको हुनाले हाम्रा कक्षाका सबै विद्यार्थीहरू विद्यालय आएका थिए । मैले चित्रकला चार दिनमा बनाउन सकेको थिएँ  र म बिहीवारदेखि विद्यालय जान परेन । बिदाको बेलामा मैले आफ्ना सबै गृहकार्यहरू गरेँ । त्यसपछि म मामाघर गएँ । मेरा बाबा र मामुको बिदामा मलाई रमाइला ठाउँहरूमा घुमाउन लैजानुभयो । फुर्सदकाे समयमा घरमै बसेर मैले स्केटिङ खेल्न पनि सिकेँ । मेरो जाडो बिदा मलाई एकदम रमाइलो लाग्यो ।