Logo

Student Corner

के होला त्यस्तो ?

Written by: Swodhin Bhandari - 24048, Grade XI

Posted on: 23 March, 2023

समय राेकिदैन तिम्रो लागि, बुझ तिमी मात्र यो, 

संसारमा कुद्ने तिमी मात्र हैन, हेर तिमी मात्र त्यो ।

सोध आफैँलाई खोज आफैँभित्र आफूलाई,

बुझ तिमीलाई अघि लैजाने, के होला त्यस्तो !


 

संसार छ लोभी, तिमीलाई मान्छे गन्दैन,

केही गरी नदेखाए तिमीलाई राम्रो भन्दैन,

छोडिदेउ संसारको पछि लाग्न ए बालक ! तिमी,

आफैँभित्र हेर, आफूलाई नियालेर हेर ।


 

दिन नसकुँला म तिम्रा प्रश्नका  उत्तर 

तर आफू नै उत्तर बनिदिउँला तिम्रा लागि,

हाेऊ आफैँ सक्षम, अरूको पछि लाग्न छाेड अनि

थाह पाऊ समाजले तिम्रो खुट्टा तानेको त्याे सत्य पनि  ।


 

यी शब्द कोर्दै छु कागजमा म तिम्रा लागि

खोज्दै छु म अन्धकारमा उज्यालाे तिम्रा लागि 

के होला त्यस्तो, मलाई खोज्न बाध्य बनाउने,

के त्यो त्रास त हैन तिमीलाई गुमाउने ?


 

नराम्रो आश गर्दिन

म तिमीबाट कत्ति पनि

अरूले त्यागी गए पनि, 

तिम्राे प्याराे मानिस छँदै छ नि


 

यी शब्द जुन मैले कोरेँ

त्यसको अब प्रश्न साेधेँ ?

यो संसार जित्न तिमीलाई कोही चाहिँदैन 

केवल तिम्रा आफ्नाहरू भए पुग्छ ।

अरूको पछि नलाग तिमी 

आफू भए हुन्छ तिमीलाई ।