Logo

Student Corner

राज्यविहीन व्यक्ति

Written by: Rushina Tamang - 26008, Grade IX

Posted on: 23 March, 2023

समुद्र जस्तो निलो 

रुख जस्तो हरियो

गुच्चा जस्तो आकार

हेर्दाहेर्दै फेरियो। 


 

अघिल्लो दृश्यमा लड्डु

पछिल्लोमा रसगुल्ला

खुट्टा तल सुजीको पिठो

र चाैतर्फी जमिन खुल्ला।


 

खैरो लगाउने व्यक्ति

जहाजबाट झर्छ

सेतो टोपी पहेँलो मास्क

काँ.… मात्र गर्छ। 


 

ए बाबु, एउटा प्रश्न सोधूँ ?

पहिला भन त, बाबु को हौ तिमी ?

म तपाईंको दोस्रीको नाती,

ए.…. 

ल भन बाबु केको जवाफ चाहिने हाे ।

तपाईं कुन चाहिँ राज्यको बासी ?

जसले दुवै हातले थामेको छ साथी

जसकाे हुन्छ बादल, टाउकोमाथि

जता हाम्रो घर छ नाति

हुँ म त्यही राज्यको जाति। 


 

राज्यको बासी हुन घर चाहिँदो रहेछ।

नमस्ते हजुर  ए मानिस

सारै अचम्मकाे रहेछाै तिमी

थाहा छैन ? मानिस व्यक्ति एउटै हो भनि,

ल भन तिमी के सेवा लिने ?


 

मलाई घर किन्नु छ हजुर। 

आफ्नो नाम भन्नुहोस् तपाई

नाम लेख्दिनुहाेस् न मेरो आफैँ

के भन्छ यो मान्छेले ?

मजाक लागिरहेकाे छ तँलाई ?


 

कताबाट आएको हँ  तँ ?

नाम पनि थाहा छैन, तँलाई आफ्नै ?

तपाईंको नजिककाे ठाउँबाट आएको म

मलाई थाहा छैन यो संसारको नाम के हो ?


 

चुप लागेर घर किन्न दिनु न मलाई

ताकि म यो राज्यको बासी हुन सकूँ

ए, मैले चिने तेरो असली रूपलाई

तँ अवैध आप्रवासी यो देशमा छिर्न आएको। 

मेराे त बास छ न प्रवास नै 

म त भर्खर मात्र झरेकाे

एक राज्यविहीन व्यक्ति ।।