Logo

Student Corner

स्थलगत अध्ययन भ्रमण

Written by: Rushina Tamang - 2025014, Grade VII

Posted on: 03 August, 2020

२0७६/११/१२ गते हामी स्थलगत अध्ययन भ्रमणका लागि  प्राकृतिक एतिहासिक सङ्ग्रहालय  गएका थियाैँ  ।  साे भ्रमणमा कक्षा ७ र ६ का विद्यार्थीहरू  सहभागी भएका थियाैँ ।  यो  प्राकृतिक ऐतिहासिक सङ्ग्रहालय स्वयम्भुमा रहेकाे  छ।  सङ्ग्रहालयको नजिक स्वयम्भुनाथ पनि रहेछ। सङ्ग्रहालयको वरिपरि रुख रुखहरू रहेछन् । बिचमा एउटा सानो १ तल्ले घर रहेछ । हामी सबैजना त्यही  घरको नजिकै गयाैँ । त्यसपछि  गुरुआमाले हामीलाई त्यँहा भएका जनावरहरूको बारेमा भन्नुभयो ।  दुइवटा ओेँला, अथवा दुइवटा मुरव भएका जनावरहरू पनि देखाउनुभयाे  । त्यसपछि जनावरहरूको नाम भर्नलाई कापीकाे पाना  पनि दिनुभयो । हामीले  ती जनावरहरू पहिलो चोटी देखेका थियाैँ । त्यहाँ हामीले थरी थरीका जनावरहरू देख्याैँ  र मानिसका बच्चा, हात्तीकाे बच्चा, बाख्राको बच्चा आदिकाे अवलाेकन  गर्‍याैँ । हामीले थरी थरीका चरा र किराहरू पनि देख्याैँ ।  एक मिनेट जतिमा  हामीले देखेका जनावरहरूका नामहरू भर्‍याैँ । सबै जनावरू असली थिए । कुनै कुनै त राजदरबारबाट  ल्याइएका थिए।   त्यहाँ पूरै जनावरहरूलाई  व्यवस्थित तरिकाले  राखिएकाे  थियाे । करिब दुई घन्टा त्यस  रमणीय स्थल अवलाेकन गरिसकेपछि हामीले खाजा खायाैँ अनि रमाइलाे गर्दै विद्यालयतर्फ फर्कियाैँ । हाम्राे त्यस स्थलगत अध्ययन भ्रमण अति नै ज्ञानवर्धक र रमणीय भयाे ।