Logo

Student Corner

डर र म

Written by: Meemansha Acharya - 23027, Grade XII

Posted on: 22 March, 2023

हजारौँ मेरा सपना सहयात्री

र, तम्सिएकाे सँगै यात्राका लागि

विशाल पर्खाल बनी उभिएकाे

अग्लाे शिखर सगरमाथा जस्तै 

मसँगै रहेकाे र नउप्किने डर 

जसले मलाई मेरो सपनाबाट 

टाढा पुर्याउन खाेज्दै छ । 


 

डर मानिसको ठुलो शत्रु र साथी 

हार खाए जान दिँदैन माथि

अवराेध त केवल एक वहाना

लक्ष्यमा पुग्ने मेराे अठाेट चाहना



 

मलाई डरसँग पराजित हुनु छैन

जीवनमा अपराजित यात्रा  गर्नु छ,

पूरा गर्नु छ, ती अनगिन्ती सपनाहरू

लम्किनुछ उज्जालाे भविष्यतर्फ

रोकिनु छैन, मलाई यो बिच सडकमा । 


 

आँट र हिम्मतका साथ अघि बढी

विश्वास आफैँलाई गरी

हारबाट टाढा हुनु छ म ।

यदि, हार मान्ने विचारहरू आए भने

सम्झ, ती पनि सपनाकाे गर्भमै तुहिने छन् 

प्राण धान्ने ती किरण 

अन्तरिक्षमै कुहिने छन् ।