Logo

Student Corner

शनिबारकाे घुमघाम

Written by: Raj Manandhar - 31023, Grade IV

Posted on: 22 March, 2023

 

मेरो शनिबारको घुमघाम कार्यक्रम रमाइलाे भयाे । शनिबारको बिदामा घुम्दा शारीरिक मानसिक फुर्ती आउँछ । म मेराे परिवारसँग घुम्न गएकाे थिएँ । हामी घुम्नका लागि पाटनमा गयौँ । त्यहाँ ‘द चकलेट हाउस’मा हामी पुग्यौँ । यो द चकलेट रुम भन्ने पसल २००७ सालमा अस्ट्रेलियामा बनेको थियो र  यसको शाखा नेपालमा पनि खोलेको हो । यो पसल यता मात्र नभएर अन्य एघारवटा देशमा पनि छन् । मलाई अन्य ठाउँमा भन्दा यस ठाउँको चकलेटको स्वाद एकदमै छुट्टै र मिठो लाग्यो । मैले यस ठाउँमा चकलेट बन, चकलेट प्याकेक, मिल्कसेक आदिको स्वाद लिएँ र ती सबै कुराहरू मलाई एकदमै मिठो लाग्यो । मलाई यो शनिबार एकदमै अविस्मरणीय भयो । म मेरा साथीहरूलाई पनि यस ठाउँमा घुम्न जान र चकलेटको मज्जा लिन आग्रह गर्दछु ।